बुधबार, कार्तिक ३ २०७८
काठमाडौं १८:३८
वासिङटन डिसी 08:53

अफगानिस्तानमा मारिएका नेपालीको शव ल्याउन सरकारले जहाज पठाउने

इनेप्लिज २०७३ असार ७ गते ७:१७ मा प्रकाशित

Nepal_Airlines-650x353काठमाडौं, ७ असार । सरकारले अफगानिस्तानको राजधानी काबुलमा तालिवानी आत्मघाती आक्रमणमा परी मृत्यु भएका नेपालीको शव र घाइतेहरु ल्याउन जहाज पठाउने भएको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले शव लिन र घाईतेहरुलाई स्वदेश ल्याउनका लागि जहाज पठाउने निर्णय भएको जानकारी दिए ।

जहाज आजै काबुल जाने र त्यसको आवश्यक तयारी भइरहेको मन्त्री थापाको भनाई छ ।

सोमबार विहान अफगानिस्तानमा नेपाली सुरक्षागार्ड सवार मिनीबसमा हमला हुँदा १२ नेपालीसहित १४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

घाइतेको उपचार भइरहेको छ ।

 

प्रतिक्रिया