नेपाल-भारत सीमा बैठक काठमाडौंमा

इनेप्लिज २०७३ असार ७ गते ६:५० मा प्रकाशित
Nepal-India_flag-450x350 काठमाडौ ७ असार, । नेपाल-भारत सीमा व्यवस्थापनसम्बन्धी बैठक काठमाडौंमा सुरु भएको छ । लाजिम्पाटको र्‍याडिसन होटलमा सोमबारदेखि सुरु भएको बैठकमा दुबै देशका नापी विभागका अधिकारीहरुको सहभागिता छ ।

जीपीएस प्रविधिबाट नेपाल भारतवीचको सीमाना व्यवस्थापन गर्ने सम्वन्धमा दुई देशवीचको सर्भे अफिसर्स कमिटी (एसओसी) को बैठक सोमबारबाट काठमाडौँमा शुरु भएको हो ।

दुबै पक्षका नापी विभागका प्राविधिक सम्मिलित बैठकमा भत्केका सीमा स्तम्भ मर्मत, दशगजा अतिक्रमणको निरीक्षण एवं जीपीएस प्रविधिबाट सीमानाको सर्भे रेकर्डबारे समीक्षा नापी विभाग स्रोतले  जनाएको छ ।

एसओसीको बैठक मंगलबार सकिने छ । त्यसपछि बुधबार र विहीबार बाउण्ड्री वर्किङ गु्रप (बीडब्ल्युजी) को बैठक बस्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल भारत सीमा व्यवस्थापनका लागि तीनवटा प्राविधिक टोलीहरु बनाइएका छन् । दुबै देशका नापी कर्मचारीहरु सम्मिलित यो प्राविधिक टोलीले संयुक्त रुपमा विभिन्न स्थलमा बाम सम्पन्न गरिसकेको छ ।

स्रोतका अनुसार १ नं टोलीले झापा, मोरङ, सुनसरीको सीमा क्षेत्रमा काम सम्पन्न गरेको छ । त्यसैगरी २ नं टोलीले चितवनको ठोरी आसपास र सो भन्दा पूर्वको सीमा स्थलमा काम गरेको छ । ३ नम्बर टोलीले सुस्ता बाहेक भैरहवा र नवलपरासी क्षेत्रमा काम गरिरहेको छ ।

काठमाडौंमा सोमबारबाट सुरु भएको एसओसीको बैठकमा प्राविधिक टो्लीले गरेका कामको समीक्षा गरिने छ । त्यसपछि बीडब्ल्युजीको बैठक आयोजना गरिने छ ।

नेपाल-भारतवीच विवादित अवस्थामा रहेको सुस्ता र कालापानीको विषयलाई भने यो बैठकको एजेण्डा बनाइएको छैन । बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ सालमा नेपालका तर्फबाट सीमाना व्यवस्थापनका लागि प्राविधिक टोली खटाउने निर्णय गरेको थियो । नेपालले गरेको यो निर्णयबाट भारतलाई समेत दबाव पर्‍यो र संयुक्तरुप प्राविधिक टोली गठन गर्ने बाटो खुल्यो ।

 

प्रतिक्रिया