शनिबार, असोज ३० २०७८
काठमाडौं ०८:३८
वासिङटन डिसी 22:53

हेटौँडामा पेट्रोल पम्प सञ्चालन गर्ने तयारी

इनेप्लिज २०७३ असार ७ गते ६:३८ मा प्रकाशित

images (1)काठमाडौँ, ७ असार । साल्ट ट्रेडिङ कर्पोरेसनले पेट्रोल पम्प सञ्चालन गर्ने तयारी गरेको छ ।
सो संस्थाले पेट्रोल, डिजेल लगायत पेट्रोलियम पदार्थको कारोबार गरी बजारमा उत्पादनमा सन्तुलन कायम राख्ने उद्देश्यले पेट्रोल पम्प सञ्चालनका लागि गृहकार्य अगाडि बढाउँदैछ । कर्पोरेसनले पम्प सञ्चालनका लागि हेटौँडा तथा त्यस आसपास क्षेत्रमा सम्भावित अध्ययन गरिरहेकोे छ ।

करिब पाँच दशक अगाडि स्थापित उक्त संस्थाले विशेष गरी नुनको अभाव हुन नदिन त्यसको मौज्दात राख्दै बजारमा आपूर्तिको व्यवस्थापन गरी सहयोग गर्दै आएको छ ।

कर्पोरेसनका संस्थापक लक्ष्मीदास मानन्धरले अहिले ग्यास तथा खाद्य सामग्रीको समेत सर्वसुलभ मूल्यमा बिक्री गरी उपभोक्तालाई सेवा उपलब्ध गराइँदै आएको जानकारी दिनुभयो । उहाँले विभिन्न समयमा बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव र अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गरी आफ्नो संस्थाले सरकारलाई सहयोग तथा जनतालाई सेवा पु¥याउँदै आएको बताउनुभयो ।

प्रतिक्रिया