बुधबार, कार्तिक ३ २०७८
काठमाडौं १८:५२
वासिङटन डिसी 09:07

इङ्ल्यान्ड र वेल्स युरोकपको नकआउट चरणमा प्रवेश

इनेप्लिज २०७३ असार ७ गते २:४३ मा प्रकाशित
Wales
लण्डन असार ७, २०७३ । फ्रान्सको राजधानी पेरिसस्थित ग्रिनहेल रङ्गशालामा युरोकपको समुह चरणको खेलमा स्लोभाकियालाई बराबरीमा रोक्दै इङ्ल्याण्ड  नकआउट चरणमा प्रवेश  साथै वेल्सले रसियालाई ३–० गोल गर्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
१० जुन (२८ जेठ)देखि फ्रान्समा युरोकप सुरु भइसकेको छ । जहाँ युरोप महादेशका २४ राष्ट्रिय टिमहरूले समुह चरणको खेलकालागि मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।
England
अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा लगातार असफल भइरहेने इङ्ल्यान्ड अहिले राम्रो टिम निमार्ण गर्नमा केन्द्रित देखिन्छ । सन २०१२ बाट आधिकारीक इङ्ल्यान्डका राष्ट्रिय फुटबल
 खेलमा प्रशिक्षक नियुक्ति भएका रोय हड्सनले युवा खेलाडीलाई मौका दिएका छन् । मिडफिल्डर डेली अली र ज्याक विलसेयर बल आफ्नो नियन्त्रणमा राख्न पोख्त मानिन्छन् ।
 इङ्ल्यान्डले यो संस्करणको उपाधि जित्नेमा आशा भरोसा राखेको देखिन्छ । इङ्ल्यान्डले विगतको असफलता बिर्साउने खालको प्रतिस्पर्धा गरिरेको देखिन्छ । इङ्ल्यान्डबासी एडमका विचारमा यसपालिका प्रवल दाबेदार इङ्ल्यान्ड नै हुन् ।
सन १९६० बाट सुरुवात गरिएको युरोकपको १५औ संस्करण हो । युरोकप अन्तर्रा्ष्ट्रिय फुटबल प्रतियोगितामा फिफा विश्वकपपछिको दोस्रो ठूलो प्रतियोगिता हो,  जो विश्वकपजस्तै प्रत्येक चार वर्षमा हुने गर्दछ । प्रतिस्पर्धा युरोपेली देशबीच भए पनि यसको अनुरागी संसारभरका फुटबलप्रेमीलाई छ । विश्वभर चर्चित मानिने  युरोकपमा पहिलो चरणको खेलबाट छनौट हुदै नकआउट चरणमा १६ वटा राष्ट्रिय टिमहरुले प्रवेश गर्न पाउने छन् ।
Eng
फुटबल खेलको सुरुवात इङ्ल्यान्डबाट भएको थियो 
आधुनिक फुटबल खेलको स्थापना सन १८६३ इंग्ल्यान्डबाट सुरुवात भएको पाईन्छ । फुटबललाई व्यावसायिक बनाउन इंग्ल्यान्डको जति भूमिका अरू मुलुकको त्यति देखिन्न ।  विश्वकप फुटबल सुरु हुनुअघिबाटै इंग्ल्यान्डमा राष्ट्रिय लिग प्रतियोगिता हुने गरेको विज्ञहरुको भनाई छ । कालन्तरमा आएर  व्यावसायिक फुटबल युरोपभरि फैलिरहेका देख्न सकिन्छ । फुटबल अहिले युरोपको प्रमुख व्यापारमध्ये एक हो, जहाँ हरेक वर्ष अनुमानित २० अर्ब अमेरिकी डलर बराबरको कारोबार हुन सक्ने तथ्यांकमा उल्लेख  गरेका छन् ।
फुटबलको सबैभन्दा भरपर्दो व्यावसायिक लिगखेल इङ्ल्यान्डकै भएपनि त्यहाँको राष्ट्रिय टिमले त्यही अनुरूपमा अन्तर्रा्ष्ट्रिय खेलमा सफलता पाउन कठिन परेको देखिरहेको छ । सफलताको नाममा सन १९६६को विश्वकपको उपाधि र सन १९६८ , १९९६को युरोकपमा इङ्ल्यान्ड सेमीफाइनलसम्म पुगेको थियो । तर, फुटबल सुरु गर्ने देशलाई यति मात्रै  उपलब्धिले इङ्ल्यान्डका समर्थकहरुलाई खुशी तुल्याउन सक्दैन । लिगखेल जति नै राम्रो देखिएपनि त्यहाँका एकेडमी त्यति सफल नभएको फुटबल अनुयायीहरु स्विकार गर्छन ।
प्रभावशाली खेलाडी उत्पादन गर्नमा कमजोर भनेपछि त्यसको असर राष्ट्रिय टिमलाई परिरहेको देखिन्छ ।
समुह चरणको दुई खेलमा इङ्ल्यान्डले दुई खेलमा बराबर र एउटा खेलमा जित निकालेको छ । इङ्ल्यान्डको टिममा टोटन्ह्याम क्लवका पाँच खेलाडी परेका छन् ।  एउटै टिमबाट आधा खेलाडी नै राष्ट्रिय टिममा पर्दा खेल उच्चस्तर बनेको समर्थक लियोन बताउँछिन । एकले अर्काको खेल क्लब लेभलमै बुझेका हुन्छन् ।  युरोकपको छनौटमा सबै खेल जितेको इङ्ल्यान्डले  यो रणनीति अपनाउन सके यसपटकको  उपाधि चुम्न सक्ने आशा राखेकी छिन् ।
५८ बर्ष पछि वेल्स युरोकप छनौटमा
गएराति भएको खेलमा रसियालाई ३–० गोल गदै वेल्स युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको हो ।  खेल सुरु भएको ११औ मिनटमा आरोन राम्सीले खेललाई अगाडि बढाएका थिए । २०औ मिनेटमा निल टेलरले दोश्रो गोल गरेका थिए भने तेस्रो गोल ग्यारेथ बेलले गरेका थिए । खेल अबधिभर वेल्सेले प्रतिभाशाली आफ्ना खेल कौशल देखाएका थिए ।  रसियन खेलाडीले गोल गर्ने राम्रा मौका पाएरपनि असफल बनेका थिए ।
वेल्सको रमणीय सहर टोनेरेफल निवासी फुटवलप्रेमी के्रज विवेका अनुशार वेल्स ५८ वर्षसम्म कुनै ठूलो प्रतियोगितामा छनोट नहुनुको कारण वेल्समा फुटबल एकेडेमी कमजोर बताउँछन् । वेल्सको राष्ट्रिय टिममा ग्यारेथ बेल र आरोन राम्सीलाई वेल्सका सबैभन्दा प्रभावशाली खेलाडि मान्दछन । टिममा यस्ता छरिता र अनुभवी खेलाडीका कारण नै वेल्सले युरोकपको यो पटकको
 संस्करणमा छनौट भएकोमा दावि गर्छन ।
ग्यारेथ बेल र आरोन राम्सी खेलमा जानकारीमुलक खेलडीका रुपमा चिनिन्छन । उनीहरु फुटबल प्रतियोगिता अत्यन्तै महत्वपूर्ण भूमिका निभाउने खेलाडी हुन् । सिर्जनात्मक पास, महत्वपूर्ण फिनिसिङ, छरितो रक्षात्मक र प्लेमेकिङ खेल आरोन रामसीको विशेषता हो । खेलमा पूर्णरुपमा वेल्सलाई उर्बरादिन ग्यारेथ बेल अद्भूत रुपमा प्रस्तुत हुन्छन् ।  ग्यारेथ बेल र आरोन राम्सीको महत्वपूर्ण भूमिकाले गर्दा नै लामो समय प्रश्चात फेरी वेल्सले फुटबल खेल अघि सारेका उनको विश्वास छ ।

प्रतिक्रिया