शनिबार, असोज ३० २०७८
काठमाडौं ०३:१३
वासिङटन डिसी 17:28

एनआरएनएद्धारा काबुलमा भएको आतंककारी आक्रमणको निन्दा गर्दै नेपाली कामदार पठाउन रोक लगाउन माग

इनेप्लिज २०७३ असार ६ गते १९:५८ मा प्रकाशित

IMG_5118

गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले एक बक्तब्य जारी गर्दै काबुलमा भएको आतंककारी हमलाको निन्दा गर्नु भएको छ। अध्यक्ष घलेले सो आक्रमणमा परी बैदेशिक रोजगारीमा रहेका १४ जना नेपाली सहित धेरै जनाको ज्यान जाने गरी सोमबार बिहान भएको काबुल बिष्फोटको निन्दा गर्दै ज्यान गुमाउने नेपाली प्रति गैर आवासीय नेपाली संघको तर्फबाट हार्दिक श्रद्धाञ्जली प्रकट गर्नु भएको छ ।

संघले यस दुखद् घटनामा ज्यान गुमाउनेहरुका परिवार प्रति समवेदना प्रकट गर्दै घाइते नेपालीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । वैदेशिक रोजगारीका क्रममा हाल अफगानिस्तानमा रहनु भएका नेपालीहरुमा सुरक्षा सावधानी अपनाउन तथा संकटको अवस्थामा एक अर्कालाई सहयोग गर्न अनुरोध पनि गरिएको छ।
अफगानिस्तान जस्ता उच्च सुरक्षा चुनौती रहेका स्थानमा नेपाली कामदार नपठाउन यस अघि नै संघले पटक-पटक ध्यानाकर्षण गराउँदै आएको स्मरण गराउँदै अध्यक्ष घलेले सुरक्षा जोखिम भएका मुलुकमा नेपाली कामदार पठाउने प्रकृया तत्काल बन्द गर्न र अफगानिस्तानमा कार्यरत नेपालीहरुलाई सुरक्षित रुपमा घर फर्काउने वातावरण बनाउन नेपाल सरकार समक्ष माग गर्नु भएको छ।

कृष्ण के सी
रिजनल मिडिया कोअर्डिनेटर, द अमेरिकाज
गैर आवासीय नेपाली संघ

IMG_5719

प्रतिक्रिया