बुधबार, कार्तिक ३ २०७८
काठमाडौं १८:४२
वासिङटन डिसी 08:57

संविधानको पुनःलेखन सम्भव छैन : नेता पौडेल

इनेप्लिज २०७३ असार ६ गते ६:४३ मा प्रकाशित

ramविराटनगर, ६ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको पुनःलेखन सम्भव नभएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले विभिन्न राजनीतिक दलले उठाएका माग सम्बोधन गर्न आपूmहरु संविधान संशोधनका लागि तयार भइरहेको अवस्थामा संविधान पुनःलेखनको माग उठाउनु जायज नभएको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले सहमतिको सरकारको भन्दा व्यवस्थाको चिन्ता गर्न राजनीतिक दलहरुलाई आग्रह गर्दै उहाँले भन्नुभयो–“व्यवस्था भए सरकार आइरहन्छ, गइरहन्छ, व्यवस्था नै नभए न त सरकार रहन्छ, न राजनीतिक दलहरु नै रहन्छन् ।”

स्थानीय निकायको निर्वाचनको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले आपूmहरु निर्वाचनका लागि तयार भइरहेको अवस्थामा सरकारले सल्लाह नै नगरी कार्ययोजना ल्याएकामा असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले कार्ययोजनामा छलफल गरेर भए पनि स्थानीय निकायदेखि सङ्घीय संसद्को निर्वाचन गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया