आइतबार, कार्तिक ७ २०७८
काठमाडौं ११:५४
वासिङटन डिसी 02:09

मिसन रिबिल्ड नेपालले भूकम्प पिढितको लागि ५ सय घर निर्माण गर्न सफल

इनेप्लिज २०७३ असार ५ गते २३:०१ मा प्रकाशित

IMG_1339वाशिंगटन डिसी ,गत बर्ष महाभूकम्प बाट घरहरु पूर्ण रुपमा क्षति भएका जिल्ला तथा गाउँमा एक हजार घर बनाई दिने लक्ष्य बोकेको मिसन रिबिल्ड नेपालले आज एक कार्यक्रम बिच हाल सम्म ५ सय घर निर्माण गरेको जानकारी दिएको छ l

वाशिंगटन डिसीमा गैर मुनाफा संस्थाको रुपमा दर्ता भएको मिसन रिबिल्ड नेपालले नेपाल पुनर्निर्माणमा अद्वितीय रुपमा बिबिध प्रकारको सहयोग गर्ने दात्रि संघ तथा संस्था तथा स्वयम् सेवकलाई सम्मान कार्यक्रममा उक्त जानकारी गराएको हो l अहिले सम्म १ हजार घर निर्माण गर्ने क्रममा पूर्ण रुपमा ५ सय घर निर्माण गरि सकेको छ भने २ सय ५० वटा घर निर्माणाधीन अवस्था रहेको जानकारी दिएका छन् l र २ सय ५० वटा घर निर्माणको लागि सबैलाई सहयोग गर्न कार्यक्रममा आब्हान गरेको छ l

IMG_1319

उक्त कार्यकम उपस्थित भएका नेपाली समुदायका प्रेम तथा मंजु संग्रौला ,सुधान्सु जोशी ,प्रकृति खरेल तथा आकृति खरेल, कमला मैनाली ,अर्जुन तथा आरती सिग्देल ,गुणराज लुइँटेल तथा सीता लुइँटेल ,अग्नि प्रसाद तथा इन्दिरा संग्रौला ,एन्जिला रेग्मी तथा इना रेग्मी तथा प्रकाश नेपालले एउटा घर निर्माण गर्ने घोषणा समेत गरेका छन् l

मिसन रिबिल्ड नेपालका अध्यक्ष डा मदन कुमार उप्रेतीले आफुले एक बर्ष अगाडी देखि तैयार परेको बिशेष सामग्री प्रस्तुत गर्दै संघ/संस्था तथा बिशेष भूमिका निर्वाह गर्ने व्यक्ति तथा स्वयम सेवकहरुका बारेमा बिशेष चर्चा गर्दै बिशेष प्रसंशा गरेका थिए l

IMG_1326

भूकम्पमा कसरि दात्री संघ तथा संस्था ,बिश्व समुदाय तथा स्वयम् सेवक रुपमा नेपाल पुनर्निर्माणमा उनीहरुले सहयोग गरे ,परिवार गुमाएका परिवारका कथा र उत्प्रेरित कथा तथा व्यथा सुनाएका थिए l कार्यक्रममा नेपालका लागि अमेरिकाका पूर्व राजदुत स्कट डेलेसी तथा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले दात्री संघ तथा संस्थाका प्रतिनिधि तथा स्वयम् सेवकलाई प्रमाण पत्र वितरण गरेका थिए l

IMG_1282

नेपालका लागि अमेरिकाका पूर्व राजदुत स्कट डेलेसीले नेपाल बिश्व कै अद्वितीय राम्रो देश हो l उनले अगाडी भने नेपाल बिबिध संस्कृति ,कला ,भाषा तथा अन्य कुरामा धनि देश भएको चर्चा गर्दै म नेपाललाई धेरै माया गर्छु भने l यसै गरि अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले दात्रि संघ तथा संस्थाको प्रशंशा गर्दै नेपाललाई सहयोग तथा माया गर्ने सबैलाई बिशेष धन्यवाद दिएका थिए l

बिशेष रकम प्रदान गर्ने दाताहरुमा मिसन रिबिल्ड नेपाललाई २ लाख डलर प्रदान गर्नु हुने वाशिंगटन बाट आएका दम्पति स्टिव डेफोलो तथा विनोना फोर्म ,राजधानी मन्दिर ,नेपाल शिक्षा तथा संस्कृति केन्द्र ,अमेरिका नेपाल महिला संघ लगायत अन्यलाई सम्मान गरिएको थियो l वाशिंगटन राज्य बाट आएका २ लाख डलर प्रदान गर्ने दम्पति स्टिव डेफोलो तथा विनोना फोर्मले नेपाल ज्यादै राम्रो देश छ र मलाई नेपाली भाषामा नमस्ते मात्र आउछ भन्दै नेपाललाई सानो सहयोग गर्न सकेकोमा हर्ष लागेको बताए l

IMG_1277

सम्मान तथा प्रमाण पत्र वितरण कार्यक्रममा नेपाललाई आर्थिक सहयोग गर्ने तथा स्वयम् सेवक रुपम अहोरात्र खट्ने सबैलाई सम्मान गर्दै प्रमाण पत्र प्रदान गरिएको थियो l कार्यक्रममा राजधानी मन्दिरका प्रतिनिधि तथा नेपाल पर्यटन बोर्ड तथा गोर्खाली फाउन्डेसनकि सद्भावना दुत नविना बस्नेत उप्रेती तथा निराकार उप्रेतीले नेपाल पुन निर्माणमा गोर्खाली फाउन्डेसनले गरि रहेको काम बारेमा चर्चा गर्दै सहयोग गर्न आग्रह गरेका थिए l

IMG_1189 IMG_1188 IMG_1184 IMG_1183 IMG_1180 IMG_1172 IMG_1170 IMG_1348 IMG_1333 IMG_1314 IMG_1289 IMG_1204

IMG_1306 IMG_1302 IMG_1197 IMG_1226 IMG_1219

IMG_1339 IMG_1330 IMG_1287 IMG_1283 IMG_1268 IMG_1204 IMG_1289 IMG_1314 IMG_1333 IMG_1348 IMG_1170 IMG_1172 IMG_1180 IMG_1183 IMG_1184 IMG_1188 IMG_1189 IMG_1266 IMG_1264 IMG_1263 IMG_1258 IMG_1254 IMG_1251 IMG_1250 IMG_1247 IMG_1244 IMG_1242 IMG_1240 IMG_1232 IMG_1230 IMG_1226 IMG_1223 IMG_1219 IMG_1216 IMG_1214 IMG_1211 IMG_1210 IMG_1197 IMG_1191 IMG_1181 IMG_1350 IMG_1346 IMG_1165 IMG_1173 IMG_1179

IMG_1227

प्रतिक्रिया