हिमालकि रानी बनेर आउदैछिन चलचित्रमा नायिका शान्ता तामाङ

इनेप्लिज २०७३ असार ५ गते १९:४४ मा प्रकाशित

13493320_10208426531533309_1291864809_o

काठमाडौँ : हिमाल नै हिमालले भरिएको हाम्रो सुन्दर देश नेपालमा बिस्वलाई आकर्षित गर्न सक्ने आकर्षण छ l हिमाल जति स्वच्छ र सुन्दर छ त्यति नै राम्रो अनि पबित्र मन छ हिमाली भेगमा बस्ने नेपाली हरुको र सुन्दर मन संगै सुन्दर तन पनि भएका हिमालीहरुको कथा बस्तुलाई समेटेर बन्दैछ नेपाली कथानक चलचित्र “हिमालकी रानी” हुन त हिमालकी रानी भनेर हिमाल मा बस्ने अनि हिमाली भेगका शेर्पा समुदाय तथा तामाङ समुदायलाई चिनिन्छ। तर, नेपाली कथानक चलचित्र ‘हिमालकी रानी’ मा भने शान्ता कुमारी तामाङको प्रमुख अभिनय रहेको छ l

13467839_10208426526893193_1770931394_o

हिमाली भेगको रहन सहन अनि जिबन शैली को आधारमा बनाउदै गरेको यस चलचित्र हिमालकी रानी मा नायिका शान्ता लामा चौरी गोठालो देखि कसरि चिज उधोग को मालिक बनिन र हिमाली क्षेत्रको जिबन यापन शैली को बारेमा चलचित्र मार्फत निर्देशक रोशन फ्युवा र उनका साथीहरूले हिमाली जनजीवन र परिवेशमै पुगेर छायाङ्कन गरी चलचित्र ‘हिमालकी रानी’को निर्माण गरेका छन् ।
चलचित्रमा नेपालको हिमाली भेगमा बसोबास गर्ने समूदायको समग्र प्रतिनिधित्व स्वरूप उनीहरूको जीवनस्तर, लवाई खवाई, रहन सहन र मायाप्रितीसँग जोडिएका विविध पक्षहरूलाई समेटिएको छ । यदि मिहिनेत गर्यो भने कुनै काम गर्न लाइ असजिलो छैन र हामीले हरेक काममा सफलता पाउछौ भन्ने सन्देश दिने व्यवसायी समेत रहेका कलाकार तथा निर्माण समूहका प्रदिप फ्युवाले जानकारी दिएका छन् । चलचित्रमा समावेश गरिएका सम्पूर्ण दृश्य वास्तविक भएको दाबी गर्दै उनले भने– ‘हामीले यो चलचित्रमा अभिनय भन्दा पनि वास्तविकता उतार्न खोजिएको छ ।करिब ९० प्रतिशत छायाङ्कन सकिएको चलचित्रको बाँकी काम अभिनेता एवम् क्याप्टेन विजय लामाको साथमा काठमाडौंमा हुने बताइएको छ ।

चलचित्रको ८० प्रतिशत छायाङ्कन भने गणेश हिमालको आसपासमा अवस्थित धादिङको तिप्लिङ र रसुवाको गत्लाङमा गरिएको छ । जसले हिमाली भेगमा बसोबास गर्ने तथा त्यहाँबाट दुर्गम गाउँ, हिमालको कुहिरो भित्र लेकबेंशी गर्दै जीवन बिताउनेहरूको कथा छर्लङ्ग हनेछ । त्यस्तै हिमालकी एक चेलीको यथार्थ कथालाई चलचित्रले केन्द्रभागमा राखेको बताइएको छ ।
रोशन फ्युबा तामाङ द्वारा निर्देशित चलचित्रलाई ल्हाप्साङकार्पाे म्युजिक सेन्टर प्रा.लि.ले प्रस्तुत गर्ने भएको छ । आउँदो दशैंको सेरोफेरोमा नेपालका सबै हलहरूमा रिलिज गर्ने तयारी गरिएको चलचित्रलाई विदेशमा पनि रिलिज गरिने भएको छ । चलचित्रमा स्थानीय कलाकारहरू प्रदिप फ्युबा, नायिका शान्ताकुमारी तामाङ ( फस्ट रनर अफ मिसेस आइकन २०१५ तथा समाजसेवी), प्रकाश वाईबा, लक्ष्मी घिसिङ, मर्नेन वाईबा, मिग्मार घले (स्योप्ता), कान्छा लामा, गोम्बो तामाङ, गा घले जयवीर तामाङ र महेन्द्र तामाङलगायतले अभिनय गरेका छन् ।

निर्देशक रोशन फ्युबा तामाङको कथा, पटकथा, सम्वाद र गीत रचना तथा संगीत चलचित्रमा रहेको छ भने प्रकाश वाईबाले छायाङ्कन गरिरहेका छन् । त्यसैगरी सिङ्ग तामाङको नृत्य र महेन्द्र तामाङको द्वन्द्व चलचित्रमा समावेश गरिएको छ । ‘हिमालकी रानी’ प्रस्तुतकर्ता ल्हाप्साङकार्पो समूहको निर्माण रहेको उक्त चलचित्र निर्देशक रोशन फ्युबा तामाङको तेस्रो चलचित्र हो । उनका यसअघिका चलचित्रहरू पनि सफल भएको दाबी गरिएको छ । हिमाली परिवेशलाई समेटेर तयार पारिएको यो चलचित्रले दर्शकहरूको मन जित्ने र विगतका चलचित्रभन्दा राम्रो ब्यापार गर्ने दाबी निर्माण पक्षको छ ।

प्रतिक्रिया