शनिबार, असोज ३० २०७८
काठमाडौं २२:५३
वासिङटन डिसी 13:08

कुमार लिङ्देनको राष्ट्रिय मञ्च संकटमा

इनेप्लिज २०७३ असार ५ गते ६:५५ मा प्रकाशित

kumar-Lindenकाठमाडौं, ५ असार । संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको दोस्रो राष्ट्रिय महाधिबेशन यहि असार १७, १८ र १९ गते झापाको दमकमा हुने भएको छ ।

निर्वाचन आयोगको पत्रअनुसार मञ्चले आफ्नो महाविधेशन गर्न लागेको हो । आयोगले असार मसान्त भित्रमा गरिसक्नु नत्र मंच खारेज हुने भन्ने पत्र पठाएको छ ।

जेठ ३२ र असार १ गते बसेको मंचको पदाधिकारीहरुको बैठकले झापाको दमकमा महाधिबेशन गर्ने निर्णय गरेको अध्यक्ष कुमार लिङदेनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न गुट, फुट र संकटबाट झेलिँदै आएको लिङ्देनको मञ्च पनि पटक पटक विभाजन भइसकेको छ । कुमार लिङ्देन नेतृत्वको मञ्च संघीय गठबन्धनसँग मिलेर आन्दोलन गर्दै आएको छ ।

 

प्रतिक्रिया