शनिबार, असोज ३० २०७८
काठमाडौं ०८:३२
वासिङटन डिसी 22:47

अम्बर गुरुड०लाई न्युर्योकमा सम्मान

इनेप्लिज २०७३ असार ४ गते २२:१२ मा प्रकाशित

Binod-roka
(६ अक्टोवर २०१२ का दिन अम्बर गुरुड०दाई न्युर्योकमा आऊनु भएको बेला तयार पारिएको लेख उहाको स्वर्गारोहरण पश्चात पनि सान्र्दभीक रहेको हुदा पुन प्रकाशित गरिएको छ।)

गीत, संगीत र गायनमा अम्बर गुरुड० दाईले म अम्बर तिमि धरती हाम्रो मिलन असम्भव छ भनेपनि यथार्थताको धरातलमा वहा नेपालीपनको धरातलमा आफुलाई मिलाई दिनु हुन्छ जस्तो लाग्छ वहाको अभिव्यक्ति र कर्मले गर्दा।

मित्र राजा घलेबाट थाहा भयो वहा अमेरीका आउदै हुुनुृहुन्छ र न्युर्योकमा अक्टोबर ६, २०१२ का दिन हुने दोहोरी गायक सुमन बुढा सांगीतिक सामmमा प्रमुृख अतिथिको हैसियतबाट उपस्थित हुनुहुने छ। अनि मैले वहासंग त्यसो भए भोलीपल्ट आईतबारका दिन हामीहरुले न्यृर्योकमा विगत ४ बर्ष देखि चलाउदै आएको श्रृजनाका यात्राको मासिक कार्यक्रममा उपस्थिति गराई दिने व्यवस्था मिलाई दिनुहोस न भनि अनुरोध गरे जुन घलेजीले अम्बरदाईको सुपुत्री अल्काज्युसंग टेलिकन्फरेन्स गराएर हृन्छमा टृड०ग्याई दिनु भयो। मैले त्यो खबर श्रृजनायात्राका सहयात्री साहित्यीक मित्र सहदेव र मणिजीलाई सुनाउदा वहाहरु पनि साह्रै खुसी हुनु भो अम्बरदाईको सानिध्यमा यो पटकको श्रृजनाका यात्राहरु हुने भो भनेर। यसैबिचमा राजा घलेजीले आफनो फेसबुक मार्फत अम्बरदाईका भनाईहरु मलाई जातीय, क्षत्रीय, वर्गिय चेतना पटक्कै छैन। हाम्रो मुल थलो नेपाल हो र हामी नेपाली हौ। चाहे हामी भाक्सु बसौ वा दार्जिलिड० अथवा अरु विदेश मुलुृक। हाम्रो पुर्खाहरु यतैका हृन। अदभुत र सुुन्दर ठाउं हो नेपाल यहां जातिय विविधता लुकेको छ। यहांका बाहुनहरुले गुरुड० गित गाईरहेका हृन्छन भने क्षेत्रीहरुले तामाड० गीत। र म आफृलाई गुरुड०बाट कुलपति भएको भन्ने भ्रम छैन। वंश र जातीलाई प्राथमिकता दिनु गलत देख्छृ म। नेपालमा जातिय सुगन्ध छ,, जातजातिले सिंगो नेपालका लागि खन्याएको पसिनामा पनि सुगन्ध छ। हामी सबभन्दा पहिला नेपाली हौ, अनि मात्रै अरु जातजाती वा समुदाय आदि… पढेपछि वहा प्रतिको श्रद्दा अमm चुलिएर आयो अनि मैले पनि अम्बरदाईलाई तलको एउटा टुक्रा कवितामा सम्मmीन चाहे किनकि आजकाल मलाई प्रदीप थापाले टृक्रेकविको संज्ञा दिन थालेका छन।

अम्बर भएर पनि उनी धरतीमा टेक्छन।
नेपालीलाई केबल नेपाली नै देख्छन।।
संगीतमा उन्छन सैयौ नेपाली फुललाई।
भन्दै बाहुन, क्षेत्री, मघराली सबै दाजुभाइर्।

तर मलाई माथीका चार हरफमा अम्बरदाईका बारेमा भन्नुपर्ने मनभरीको उकुसमुकुस अटाए जस्तो लागेन। अनि त्यो ननिकाले सम्म अरुकाम गर्न पटिृ ध्यानै लाग्न छोडयो। यो न्युर्योक शहरमा धेरै समय भो हामी नेपालीबाट जनजातीमा बाडीएका छौ र कहिलेकाहि त नेपालका राष्ट्र्यि व्यक्तित्वहरुलाई यतातिर जातको घेरामा मात्र सिमिल राखेर सम्मान गरिने प्रचलन चल्न थालेकोे अवस्थामा अम्बरदाईको यो नेपालीत्वको पहिचान दिलाऊने अभिव्यक्तिले म व्यवसायीक काम पन्छाएर उहासंग काठमाण्डौमा भेट भएको पृष्ठभृमि सम्मmदै उहाले उपहार स्वरुप दिनृ भएका २०६३ सालमा उत्तम शान्ति पृरस्कार पाएको कहा गरु ती दिनहरु नामक निवन्ध संग्रह र अक्षरका आवाजहरु गीत संग्रह निकालेर फेरी पढन थाले।

२०१० को सेप्टेम्बर महिनामा म नेपाल गएको थिए दशै मान्न, नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरीकाले आयोजना गरेको विश्वव्यापी कविता प्रतियोगितामा विजयी हृने विजेताहरुलाई पृरस्कार पृरयाउन र प्रतिष्ठानले प्रकाशन गरेको मेरो गिति संंग्रह जीवनको यात्राको विमोचन गराउन। मैले आफनो गितिसंग्रहमा अम्बरदाई, शम्भुजीतदाई र अन्य साहित्य र संगीत क्षेत्रमा रहनु भएका हितैसिहरुबाट शुभकामना राख्ने ईच्छा गरे। अरु संग मेरो पहुच भएपनि अम्बरदाई संग थिएन। हेमन्त श्रेष्ठजीको राम्रो पहिचान रहेको थाहा पाएर उहालाई नै अन्ुरोध गरिदिन भनेको थिए तर उहाले फोनमा सम्पर्क गर्न सक्नु भएनछ। म यहि चिन्त्तामा भएकै बेला अम्बरदाईका कान्छा छोरा शरदजी बोष्टनबाट मलाई केही कामको सिलसिलामा भेटन न्युर्योक आउनु भो। यही मौकालाई मैले सदुपयोग गरी उहालाई आफनो ईच्छा सुनाएर। शरदजी आफै पनि अमेरीकाबाट पियानोमा उच्चशिक्षा हासिल गरेका संगीतकार भएकोले पनि होला मेरो भावनाको कदर गर्दै ईच्छालाई पृरा गरिदिने प्रयास गर्ने बचन दिएर फर्किनु भो। म भने उहाको जवाफको आतुर भएर प्रतिक्षा गरिरहके थिए। नभन्दै उहाले मलाई फोनमा मेरो कुरा अम्बरदाइ कहा पुगि सकेको र उहाले शुभकामना दिएर गिति संग्रहको विमोचनमा पनि सम्मीलित भई दिन मन्जुरी दिएको खबर सुनाउनु भो। मलाई उहाले काठमाण्डौमा गएर दाई राजु गुरुड०जीसंग भेट गर्नृुभनि सम्पर्क फोन नम्बर पनिदिनु भो।

काठमाण्डौ पुगेपछि म अम्बरदाईको निवासमा पुगे उद्धव भाइलाई लिएर राजुजीसंग समय मिलाई सामmतिर। राजुजी पनि कला क्षेत्रमा सकृय हुनुृहृदो रहेछ। हामीलाई भाउज्ुले स्वागत गर्नृुभयो मिठो चिया र खाजाको सत्कारसहित अनि दाईको कुकुर भुक्दैथियो सायद मालीक पाहुना आए भनेर उहालाई उठाऊन। नभन्दै दाई बाहिर आउनु भयो। उहा अलि अस्वस्थ हुनुहुृदो रहेछ। दाईलाई मैले पहिलो पटक भेटेको हुदा आफनो परिचय आफैले दिदै आउनु परेको कारण बताए जुन उहालाई पहिले नै जानकारी भै सकेको रहेछ। केहीबेरको वार्तापछि भाउजुले माथि उल्लेखीत दुइवटा पुस्तक र एउटा राष्ट्र्यि गानको सिडि दाईको हातमा राखि दिनु भो। अनि दाईले केही लेखेर मलाई उपहार स्वरुप दिनुभो। उहाको हातबाट यी अमुल्य उपहार पाएकोमा म ज्यादै खुसी भए। भाउजुले अमेरीका जादा शरदजीको लागि केही कोशेली लगिदिन अनुरोध गनुभो। म हुन्छ भनि अम्बरदाईको स्वास्थलाभको कामना गर्दै विदा लिएर फर्किए घरतर्फ।

सेप्टेम्बर २६ का दिन हामी नेपाल प्रज्ञा प्रष्ठिानमा पृरस्कार वितरण समाहरोहमा पुगेर कार्यक्रम सृरु गर्दा सम्म अम्बरदाई आईपुग्नु भएन। मन्चमा प्रमुख अतिथि कुलपति वैरागी काईला, उपकृलपति गंगा प्रसाद उपेती, कवि तुलसी दिवश, विश्वबिमोहन श्रेष्ठ, पुरस्कारका संस्थापकहरु हेम पाठक, आमा बशृन्धरा रोका आदि थियौ र पहिलो सत्रको सभापतित्व मैले गरिरहेको थिए नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरीकाको उपाध्यक्षको हैसियतले। म भने व्यग्रतापुर्वक ढोकातिर हेरीरहेको थिए अम्बरदाईको आगमनलाई। मेरो आशय बुमmेर होला तुलसी दिवशज्युले उहाको स्वास्थ त्यति राम्रो छैन भनेको सुनेको थिए भन्नु भो। उहा पनि वसन्त श्रेष्ठज्युको कविता संग्रहको बिमोचनका लागि त्यहा आऊनु भएको थियो। तर मेरो आशा टुटेन।अम्बर दाई आईपुग्नु भयोे अस्वस्थताको बाबजुत पनि अनि मेरो गित संग्रह जीवनको यात्राको विमोचन गरेर निस्कीनृ भो। मेरो खुसिको सिमा नै रहेन उहाको हातबाट संग्रह विमोचित भएकोमा अनि केही ग्लानी पनि भो मेरो कारणले वहालाई अस्वस्थताको बाबज्ुत पनि यहासमम आउनु परयो भनि।

अम्बरदाईले दिनृ भएका दुवै पुृस्तकहरु आधा जसो दशैको खानपिन र इष्टमित्रहरु संगको भेटघाटबाट पृmर्सद निकालेर नेपालमै पढे। मलाई मेनुकाले बल्ल २ बर्ष पछि अमेरीकाबाट केहि दिनको लागि नेपाल आएको मान्छेले आराम गर्नृ, आफन्त र ईष्टमित्रहरु संग गफिएर रमाईलो गर्नु। पढने त उतै गएर पढेपनि भै हाल्छ नि किताव छोडर जानु पर्दैन क्यारे पनि भनिन जुन ठिकै पनि थियो। तर मैले किताब पढदा पाएको आनन्दको अनुभूति पनि कम छैन भन्न भने सकिन। यी कितावहरु मैले काठमाण्डौबाट अमेरीका आउदा हवाईजहाजमा पढेर सिध्याए। निवन्ध संग्रहमा परेका अम्बरदाईका व्यक्तिगत जिवनमा भोगेका, घटेका र उहाले अनुभव गरेको मिठासपुर्ण लेखाईमा रम्दै कहिले दार्जिलिड० पुग्थे, कहिले उहाले पहिलो पटक फज्लु भैयाको रेष्टृरेण्टको सामmको सांगितिक महफिलमा गाएको गित सुनेर फज्लुले उहाको तारिप गर्दै ू ए.बि. साहव यकिन मानिए आप एकदिन बडे फनकार बनेगे… भनेर पोखेको उद्गार। पहिलो पटक बाल्यकालमा कसैको हारमोनियममा स्पर्श गरी टया् टया् पार्दा उहामा उठेको सागीतिक तरंग। सुखलाई अचारको स्वाद बनाई दुखको भात बनाई खान्छृ भन्ने जीवनको मिठो भोगाई। गिटारको आठवा तार दिजीए भनि पसलमा जादा पसलेले कवसे गितार मे आठवा तार लग्ने लगा भई, अभितक तो छे ही लगतेथे भनि दिएको जवाफको रशिलो स्मरणले आफुलाई पनि त्यही परिवेशमा लग्दथे।

हे नौलाख तारा उदाए धर्तिको आघन हांसेछ जस्ता गीतहरुबाट चर्चा कमाई सकेका अम्बरदाई काशीनाथ गुरुले ठुलो नाम कमायौ भन्दै स्वावासी दिदा उहाले नाम मात्र छ सर नाम अनुसारको दाम छैन भनेको र त्यस्को प्रतिउत्तरमा नाम भन्दा ठुलो दाम हो र अम्बर। तिमिले हामी सबैलाई गौरवान्वित बनाएका छा।ै आज तिम्रो कत्रो नाम छ हेर त नेपाली समाजमा……भनेको भनाई आजसम्म उहाको मानसपटमा सकारात्मक सोचको उर्जा दिने विऊ बनेको होला जस्तो अनुभव भयो। अनि उहाको कान्छाले कान्छीलाई लग्यो बनको बाटो लालटीनै बालेर भन्ने लोगगितमा रहेको प्रेमि पे्रमिकाको माया प्रितिलाई पुरा गरिने तत्कालीन सामाजीक परिवेश आदिमा आफुपनि त्यो त हो भन्ने निष्र्कमा पुग्दथे। पढदै जादा कालजयी गितहरु ए कान्छा मलाइ सुनको तारा खसाई देऊन र मेरो आखालाई राख्ने फुलवारी छैन जस्ता गितहरुका रचयीता र संगितकार पनि उहानै रहनु भएको कुरा कोटयाएको प्रसंगले च्वास्स मनमा बिमmायो किनकि ती गितहरुका रचयिता अरु नै रहेको भनि यदाकदा लेखिने र बोलीने पनि गरिने गर्दछ।

अम्बरदाईले दार्जिलिड०मा छदा महाकवि देवकोटाले उहालाई संगितमा भविष्य उज्यालो छ नछाडनु भनेको प्रसंग, गितकार अगमसिंह गिरी संग विताएका अविस्मरणीय क्षण अनि उहाले लेखेको गित नसम्मm आज नेपाली सन्चोले यहा बांचेको, कांढाकै मामm पहाडी पृmल छैन कहा हांसेको. गीत गाउदा दुबैजना आसुमा आसु मिसाएर रोएको प्रंसग आउदा मैले पनि आशु मिसाए किनकि त्यो परिवेशमा आज म छृ। उहाले म फुल्न जानीन गित गाउदा गिरीजीले हो भाई हामी साच्चै फुल्न नजानेकाहरु हौ, फुल्न जानेका भए हामी कता कता र अर्कै अर्कै हुन्थेऊ भनेको नियतीको पिडामा केहीबेर रोकिए अनि लाग्यो अम्बरदाई त्यहा त्यसरी नगोडिनु र नतोडिएको भए सायद आज सुवासीत पृुल जस्तो फुल्न सक्नुहुृन्थेन कि?

अम्बरदाईले भुपि शेरचन सहितका गित, संगित र स्वरको गहिराइसम्म डृव्नसक्ने मित्रहरुका बिचमा गित सुनाउदा पाएको आनन्दको अनुभुती र भृपिका गित सृुेर रसाएका आखा संगै मेरा पनि आखा रसाए मानौ म पनि एउटा त्यहि उपस्थित रहेको श्रोता हु। यद्यपि उहाको संगीत रहेको मालती मंगले गितिनाटक हेर्दा भने धेरै पटक आशु पुछेको छृ। अम्बरदाईले निवन्धमा ईश्वर बल्लभ, शंकर लामिछाने, उत्तम कुवर, वैरागी काईला संग विताएका संगितमय क्षेणहरुले मलाई पनि लोभ्याइं रहे। थाहा छैन म पनि पुर्व जन्ममा कहि यस्तै साहित्य र संगीतको मण्डलीमा थिए कि? अम्बरदाईले एउटा लेखमा प्रशिद्ध अभागी हारमोनीयम बाजा भनिएको वाद्य यन्त्र र किवोर्ड मैले पनि घरमा थन्क्याएको छृ रहरले तर राम्रो बजाऊन जान्दीन। यद्यपि यहि हारमोनियम लगेर शम्भुजीतदाईले न्युर्योकमा रहदा मेरो मेरी प्रिय नामक सिडीमा रहेका केही गीतहरुमा संगीत गर्नुृ भएको थियो। मैले प्रसंगवश भन्न खोजेको के भने म पनि यीन्मा रमाऊछृ। त्यसैले वकिलको पेशा भएपनि धर्म, साहित्य, संगीत र कलाको क्षेत्रमा लागेका मानीसहरुमा बढी नजीक हुन पुगेको छु।

अम्बरदाईले यो क्षेत्रमा लागेर कहिले अरुले नभेटने उचाईको सम्मान पाऊनृुभएको छ नेपाली समाजमा पैसा नकमाउनु भएता पनि। किनकि वहाका सिडिहरु प्रसंसा गर्नेहरु सबैले किनेर सुनेनन तिनमा मौलीकपन र संगितको गहिराई रहेको भएता पनि।तर मौलिकता हराएका सिमाहिन विकृत गित, संगित र स्वरका सिडि, डिभिडी पस्कीनेहरुले मालामाल पैसा कमाएका छन। त्यस्तै हामीजस्ता केवल प्रसंशा मात्र गर्ने श्रोताहरुले बनेको देशले पनि श्रष्टाहरुको सम्मान गर्न सकेको छैन। तैपनि अम्बरदाई लेखमा भन्दै हुनुहुृन्थयो संगीत गरेर मैले कहिल्यै पनि पैसा कमाउन सकिनं, तर संगीतदेखि मलाई वितृष्णा भने कहिल्र्य भएको छैन। हाम्रो मुलुकमा कला र कलाकारको दुर्दशा हुनु अभिशाप होइन, स्वाभाविकै हो। आर्थिक विपन्नता र अभाव मात्र हाम्रा निम्ति अवरोध सावित हुन सक्दैनन। हामीसित अरु विपन्नता र अभावहरु पनि प्रशस्तै छन तर हामी सहृदयता, मासिकता तथा मनोवृत्तिमा पनि दिनहु भनेमmै गरिब हृदै गइरहेका छौ। ै अम्बरदाईको लेखन शैलीले मलाई ज्यादै प्रभावित पारयो किनकि प्रवाश र अप्रवाशको मिश्रणयुक्त मिठासपुर्ण भाषा छ। मैले बि.पि.कोईरालाको आत्म वित्र्तान्त लगायतका अन्य पुस्तकहरु, गणेश रशिकको दशगजा भित्र उभिएर हेर्दा, र जगदिश घिमिरेको अन्र्तमनको यात्रा पुस्तकहरु पढदा पाएको भाषागत साहित्यीक स्वाद भन्दा अम्बरदाईको कहा गए ती दिनहरुमा कुनै कमि भएको महशुस गरिन।

म लेखहरुमा रमाऊदै र हराऊदै हिडिरहको मान्छे अम्बरदाईले अशल र खराब गीत शिर्षकको लेखमा सालाखाला भन्नु पर्दा हामीले निक्कै खराब गीतहरु लेखिसकेका छौ र यो हिसाब अब चरमबिन्दुमा पुगिसक्यो। अब मेरालागि उत्कृष्ट उपाय भनेको आफुलाई अरु नराम्रा गीतहरु लेख्नबाट रोक्नु हो। भन्ने भनाई पढेपछि म टक्क रोक्कीए। अनि उहाले मेरो गीत संग्रह जीवनको यात्रामा लेख्नु भएको ….उहा पेशाले कानुन व्यवसायी र मन, भावना र हृदयले गीतकार भन्ने भनाइ चाहि ठिक्कै लाग्यो तर एउटा राम्रो गितकारकमा पाईने भावपक्ष, कल्पनाशीलता, सौन्दर्यबोध, संवेदनशीलता रोकाजीमा पाए, गीतहरु छोटा, छरिता, सरल र स्पष्ट छन भन्ने आदि ईत्यादी भनाईहरु भने पचाऊन सकिन। किनकि मैले पनि जानी नजानी धेरै खराब गीतहरु लेखेको थिएहोला र अमmै पनि लेख्दैछृ रोक्न सकिरहेको छैन। लाग्छ फेरी पनि उहाको शुभकामना लिन जानु परयो भने मलाई त्यति सजिलो हुने छैन।

मैले अम्बरदाईको बारेमा एउटा लेख लेख्ने विचार धेरै पहिले देखि नगरेको होइन तर साहित्यीक लेख लेख्ने बानी त्यति नभएको र लेख्नुपर्ने हैसियत आपुृमा नपुृगेको ठानी मनैभित्र गुम्स्याएर राखेको थिए तर अम्बरदाईको म आफुृलाई गुरुड०बाट कुलपति भएको भन्ने भ्रम छैन। वंश र जातीलाई प्राथमिकता दिनु गलत देख्छृ म… आदि माथिका भनाई पढेपछि मैले रोकेर राखेको बाध थेग्नै नसकिने गरी फुटयो र आफनो व्यवसायीक कामलाई थाती राखी लागेको कुरा कोर्न थाले मिलोस नमिलो देखा जाला भनेर। किनकि म प्रवासीयर यो न्युर्योक शहरमा बसोबास गर्नथालेको लगभग १४ बर्ष जती भयो। स्वतन्त्रता र अवशरको लागि विश्वभरीका मानीसहरुलाई स्वागत गर्ने स्टाच्यु अफ लिवर्टी भएको विश्वकै सास्कृतीक, राजनितिक र आर्थिक फाटको केन्द्रविन्दृ मानीने यो अमेरीकाको न्युर्योक शहरमा विश्वका प्रायजसो सबै देशबाट आएका करिब ८००० भाषा बोल्ने दुई करोड भन्दा बढी मानिसहरु बसोबास गर्छन। अमेरीकाको २०१२ को सरकारी आकडा अनुसार नेपालीहरु ६० हजारको संख्यामा रहेको देखिए पनि यहा डेढलाखको संख्यामा नेपाली रहेको अनुमान गरिन्छ। यस आंकडालाई मान्ने हो भने सब भन्दा बढी नेपालीहरु न्युर्र्योकमा बसोबास गर्छन भनिन्छ।

न्यृर्योकमा अरु देशका मानीसहरु उनीहरुको देशको नामबाट चिनिन्छन। धेरै जसो देशका आप्रवाशीहरुले बर्षेनी यहा आफनोे देशकाो नामबाट फलानो देशको परेड डे भनेर मनाउछन बडो उत्सवका साथ आ आफना देशका सांस्कृतीक पहिचान देखाएर तर हामी नेपालीहरुले त्यसो गर्न सकेका छैनौ किनकि हाम्रो सर्वसम्मत रुपबाट कृनै एउटा राष्ट्र्यि महत्वपुर्ण दिन निस्कदैन। कारण, हामी नेपालीबाट जाती जनजाती र धर्ममा बाडिएका छौ। प्रेम, सदभाव र भाइचाराको सम्वन्धमा धाजा पर्दैछन कला, संस्कृती, भाषा र राष्ट्यिताको जोडन नपृगेर। नेपाली बोलेको, नेपाली टोपी लाएको वा नेपालीपन मmल्कने अनुहार भएको मानीस भेटदा आफनै नेपालको छिमेकी भेटियो भनेर खुसीले मुस्काउदै तपाई पनि नेपाली हो भनि आत्मीयता दर्शाउने परिपाटीमा खिया लाग्दैछ। आजकाल यहा मित मित जस्तौ लाग्दैन। गाऊले गाऊले जस्तो छैन अनि नेपाली नेपाली जस्तो लाग्दैन। किनकि हामी जनजाती, राजनिति र क्षेत्रहरुमा बाडिएका छौ। (२२ मे २०१६ मा न्युर्योकमा नेपाल डे परेड मनाईयो र न्युर्योक सिटीले यस परेडलाई आधिकारीक रुपबाट मान्यता दियो तर पनि नेपालीका बिचमा एकात्मकता ल्याऊन सकेन)

अम्बरदाईको अमेरिका आगमनको पुर्वसन्ध्यामा सार्वजनिक भएका सदविचार र उहाकोे न्यृर्योकमा हृने समृपस्थितिले एउटा जोडन बनेर फाटेका धाजाहरु पुर्न मद्दत गर्न सकोस भन्ने आशा गरेको छृ। किनकि मैले खप्तड स्वामीको विचार विज्ञानमा कतै पढेको थिए मान्छेले राम्रा र नराम्रा बिचारहरुका तरंगहरु बाहिरबाट आफनो बिचारमा लिन्छन भनेर। राम्रा र सकारात्मक सोच भएका बिचारहरु हराउदै गएको यो हामी बस्ने न्यृर्योक र अन्य शहरहरुमा अम्बरदाईका यी महान बिचारसहितका औरा छरिए भने सायद हाम्रा बिचारले तीनलाई ग्रहण गर्ने अवशर पाउने छन र हामी नेपालीको नामको विशिष्ट पहिचान बनाएर अम्बरदाईले आफनो निवन्धमा उत्घृत गर्नु भएको किताब बिगल एण्ड टाईगरका लेखक जोन माष्टरले बीर नेपाली जातीलाई सम्र्पण गरेको वाक्य,… जेनरस एमड० द जेनरस, करेजस एमड० द करेजस अर्थात उदार भन्दा पनि उदार, साहासी भन्दा पनि साहासी, मा बुद्धको अहिंसा, शान्ति, सद्भाव र प्रेमको सन्देश जोडेर नेपालीको बिशिष्ट पहिचानमा अरु विशेषणहरु थप्ने सक्ने थियौ। अन्तमा तपाईलाई अमेरीकामा स्वागत गर्दै तपाईको यो अमेरीकाको यात्रा सुखद, सफल र अविस्मरणीय बनोस भन्ने कामना सहित यो बहकिएको लेखको विट मार्दछृृ।

६ अक्टोवर २०१२ का दिन अम्बर गुरुड०दाई न्यूर्योकमा आऊनु भएको बेला तयार पारिएको लेख)

प्रतिक्रिया