शनिबार, असोज ३० २०७८
काठमाडौं ०३:०७
वासिङटन डिसी 17:22

अमेरिकी भूमिमा क्रियाशील अगुवाहरु राजेन्द्र सिवाकोटी, उमा कार्की, संजय थापा र राम लामा एनआरएन कार्यदलमा

इनेप्लिज २०७३ असार ४ गते १६:२१ मा प्रकाशित

NRN task Force

लसएन्जलस, ४ असार । गैर आवासीय नेपाली अभियानमा महत्वपूर्ण उपलब्धिको रुपमा गणना गरिने मातृभूमिको जारी संबिधानमा प्रवाशी नेपालीको नागरिकता निरन्तरताको मुद्धामा कार्यरत एनआरएनएको नेपाली नागरिकता निरन्तरता कार्यदलको उत्तर अमेरिका संयोजकमा लसएन्जलस निवासी राजेन्द्र सिवाकोटी मनोनित हुनु भएको छ । सोहि कार्यदलको सदश्यमा न्युयोर्क निवासी अगुवा समाजसेवी संजय थापा सदश्यमा मनोनित हुनु भएको छ ।

कार्यदलका संयोजक एवं संघका संस्थापक अभियन्ता रामप्रताप थापाका अनुसार नेपालको जारी संबिधानले प्रदत्त गरेको हकलाई सुरक्षित गर्न गैर आवासिय मैत्री कानुन निर्माण गर्न संघले यस अघि जस्तै प्रमूख राजनीतिक दल र कानुन निर्माण गर्ने निकायसंग सहजीकरण गर्ने र विश्व ब्यापी नेपाली डायसपोरासंग बहस र छलफल आरम्भ गर्ने जानकारी दिनु भएको छ । संघका सह संयोजक एवं कानुन ब्याबसायी खगेन्द्र जिसीका अनुसार संबिधानमा नेपाली नागरिकता निरन्तरताको मुद्धा सम्बोधन भए पनि कानुन बन्ने प्रक्रियामा गैर आवासिय नेपाली चनाखो हुनु पर्ने र यो कार्यदलले यो मुद्धामा एउटा अभियान आरम्भ गर्ने जानकारी दिनु भयो । यसै बीच लसएन्जलस निवासी अगुवा महिला अधिकारकर्मी उमा थापा कार्की संघको केन्द्रिय महिला कार्यदलको सदश्यमा नियुक्त हुनु भएको जानकारी संयोजक सपिला राजभण्डारीले दिनु भएको छ ।

गैर आवासिय नेपाली अभियानमा नेपाली अमेरिकन महिलालाई संगठित गर्ने अभियानमा उमा कार्की ‘थापा’को योगदानलाइ कदर गर्दै उहांलाई कार्यदलको सदश्यमा मनोनित गरिएको संयोजक राजभण्डारीले बताउनु भएको छ । यसै गरी लसएन्जलसलाई कर्मथलो बनाएर नेपाली अमेरिकनको हितमा क्रियाशील अभियन्ता राम लामालाई संघको आर्थिक कार्यदलको सदश्यमा मनोनयन गरिएको संयोजक हिक्मत थापाले जानकारी दिनु भएको छ । भगवान बुद्धको शान्तिको संदेश प्रवाहमा महत्वपूर्ण भूमिका निर्माण गर्दै आएका लामा नेपाल अमेरिका चेम्बर अफ कमर्शका उपाध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिक्रिया