यो सालको तीजमा के के हुने हो : प्रोमो सार्बजनिक

इनेप्लिज २०७३ असार ४ गते १६:०४ मा प्रकाशित

13467835_10209979278068557_569518231_o

काठमाण्डौ असार ४
पत्रकार एबं गीतकार लोकराज अधिकारीले निर्देशन गरेको तीज गीतको भिडियो तयार भएको छ । भिडियो को प्रोमो युएस खवर अनलाइन मार्फत सनिवार सार्बजनिक गरिएको छ । विन्दु परियार र विपिन घिमिरेको स्वर किरणरवि अधिकारीको लय तथा शब्द रहेको गीतको म्यूजिक भिडियोमा पंकज, रक्षा र सुवासको अभिनय रहेको छ ।

13467557_10209979278868577_2086198399_o

भिडियो लाई अजय रेग्मीले खिचेका हुन भने अधिनायक मान शेरचनले सम्पादन गरेका हुन । के के हुने हो नामक गीति संग्रहमा संग्रहीत गीतलाई सरगम सञ्चार नेपाल प्रालीले बजार ब्यबस्थापन गर्नेछ । सुदीप सागरले संगीत संयोजन गरेको गीत को भिडियो काठमाण्डौ ,ललितपुरको भनिमण्डल, धापाखेल ,नागदह लगायतका स्थानमा छाँयाङन गरिएको हो ।

13467372_10209979278708573_658855978_o

यस अधिकारीले अन्जु पन्तले गाएको मर्छु बरु छटपटिमा तिम्रो सामु पर्दिन म बोलको चर्चित गीत संगै शिब परियारले गाएको जस्लाई मैले जिवन संझे बोलको गीत निर्देशन गरिसकेका छन । निर्देशक अधिकारी युएस खवर अनलाइन, युएस खवर पाक्षीक र रेडियो सगरमाथामा आबद्ध छन ।

13441573_10209979278828576_893198623_o

प्रतिक्रिया