शनिबार, असोज ३० २०७८
काठमाडौं ०२:२२
वासिङटन डिसी 16:37

निर्वाचन सम्भव छैन :सिंह

इनेप्लिज २०७३ असार ४ गते ८:५१ मा प्रकाशित

download (2)काठमाडौँ, ४ असार । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले छलफलबिना ल्याइएको निर्वाचन तालिकाले निर्वाचन सम्भव नभएको बताउनुभएको छ ।

काँग्रेस नागार्जुन–३ वडा कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले एकपक्षीय ढङ्गले तोकेको निर्वाचन तालिकाले निर्वाचन सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षलाई बाहिर राखेर निर्वाचन तोकेको छ, यो हामीलाई मान्य छैन ।”

नेता सिंहले सरकार सत्ता टिकाउनका लागि निर्वाचनको नारा दिएर मुलुकमा राजनीतिक सहमतिको बाधक बनेको बताउँदै सबैको सहमतिमा मिति तोक्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया