बुधबार, कार्तिक ३ २०७८
काठमाडौं १८:३७
वासिङटन डिसी 08:52

‘बजेट कार्यान्वयन हुन नदिने षड्यन्त्र’

इनेप्लिज २०७३ असार ४ गते ८:४४ मा प्रकाशित

isवालिङ, ४ असार । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले वर्तमान सरकारले ल्याएको लोकप्रिय बजेट कार्यान्वयनका लागि चुनौती रहेको बताउनुभएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठान स्याङ्जाको घोषणा कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले बजेट कार्यान्वयन हुन नदिने षड्यन्त्र हुने भएकाले सचेत रहनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “बजेटको प्रभावकारी कार्यान्वयनका लागि अब नेता कार्यकर्ताहरु एक जुट हुनु आवश्यक छ ।”

सरकार र एमालेलाई बदनाम गर्न भइरहेको दुष्प्रयास चिर्न सके मात्र एमाले अगाडि बढ्न सक्ने धारणा राख्दै उहाँले भन्नुभयो–“पार्टी नेतृत्वले कसैलाई काखा र पाखा गर्न हुँदैन ।”

प्रतिक्रिया