आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १७:१५
वासिङटन डिसी 07:30

काँग्रेस सहमति र चुनावको पक्षमा छ : नेता खाँड

इनेप्लिज २०७३ असार ४ गते ७:४७ मा प्रकाशित

downloadभक्तपुर, ४ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले काँग्रेस सहमति र चुनावको पक्षमा रहेको बताउनु भएको छ ।

आज नेपाल तरुण दल जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको ‘वर्तमान् संविधान कार्यान्वयनमा नेपाल तरुण दलको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले स्थानीय निकायको चुनाव चाँडै होस् भन्ने काँग्रेसको चाहना रहेको बताउनुभयो ।
स्थानीय निकायको निर्वाचन अगाडि संविधान संशोधन गर्नुपर्ने बताउँदै उहाँले त्यसका लागि काँग्रेसको सहमति आवश्यक रहेको उल्लेख गर्नु भयो । ‘अहिलेको समय शान्ति, संवाद, सहयात्रा र सहमतिको हो तर प्रधानमन्त्री केपी शर्मा ओली सहमतिको पक्षमा हुनुहुन्न, उहाँ नै सहमतिको बाधक हो’–उहाँले भन्नुभयो ।
उहाँले तरुण दल, नेविसङ्घलगायत भातृ सङ्गठनको वर्तमान कार्यसमितिले अधिवेशन गर्न नसके र सभापति देउवाले भङ्ग पनि नगरे पदाधिकारीले राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने औल्याउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादव, सुरेन्द्रराज पाण्डे, लक्ष्मी परियार, काँग्रेस जिल्ला सभापति दुर्लभ थापा, पूर्वसभापति गणेशमान चक्रधर, तरुण दल जिल्ला अध्यक्ष विनोद कुँइकेललगायतले विपक्षीलाई बेवास्ता गरेर सरकार तानाशाही ढङ्गले अगाडि बढेकाले आन्दोलन मार्फत सरकार फाल्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया