अमेरिकमा क्रेडिट स्कोर घट्ने र बढ्ने ८।८ कारणहरु

इनेप्लिज २०७३ असार ४ गते ४:०० मा प्रकाशित

sanubabu silwal

अमेरिकामा उधारोमा कारोबार गर्न, ॠण लिन​, घर किन्न​, गाडि किन्न​, तत्कालका लागि डलर नहुदा काम चलाउन, क्रेडीट कार्ड चलाउन​, सम्पत्ति जोड्न वा अतिआबस्यक चिज वा लक्जरियर्स बस्तुहरुको खरिद वा भैपरि आउदा चाहिने कुनै पनि चिज​, ब्यबसाय किन्न वा जुनसुकै उधारो, ॠण​, काम चलाउ वा सापट लिन बित्तिय सस्था, सपिङ्ग तथा बस्तुप्रदायक​, उपभोक्ता सेवाप्रदायक वा बिभिन्न बयबसायिक कारोबार सस्थाकहा तपाइ सेवा वा कारोबार गर्न जादा तपाइ आर्थिक रुपमा कति इमान्दार हुनुहुन्छ​?

बेलामा ऋण, उधारो, कारोबार नियमित​, समयमा नै भुक्तानि गरिरहनु भ​एको छ कि छैन​? कुनै बदमासि, ढिलासुस्ति, बैङ्ककरप्सि वा कुनै आर्थिक अपराध गर्नु भ​एको छ कि छैन भनेर तपाइको सोसियल सेक्युरिटि नम्बर हेरेपछि तपाइका इतिब्रितान्त देखाइदिन्छ र त्यहि अनुसार तपाइलाइ पत्याउने नपत्याउने वा बिस्वास गर्ने वा नगर्ने वा तपाइ चाहेको उक्त सुबिधा प्राप्त गर्न लायक हुनु भयो भ​एन तपाइले तपाइको क्रेडीट हेर्न दिएको अनुमति कागजमा हस्ताक्षर गरेको १० मिनेटमै छर्लङ्ग हुनेगरि बताइदिन्छ​। तपाइ राम्रो हुनुहुन्छ​, सुन्दर हुनुहुन्छ​, खाइलाग्दो हुनुहुन्छ वा कडा, नरम र असाध्यै मिजासिलो हुनुहुन्छ र तपाइको आफ्नो मानिस हुनुको अर्थ राख्दैन वा तपाइ रोइकराइ गर्नुहोस वा झगडा गर्नुहोस त्यसले कुनै अर्थ राख्दैन अमेरिकामा।

जे बोल्छ तपाइका कागज, तपाइको रेकर्ड वा तपाइको बिगतको आर्थिक कारोबार​, इमान्दारिता भ​ए नभ​एको, कहा कहा बसेको कति ठाउ सरेको यि सबै कागजमा बोल्दछ अमेरिकामा। मात्र तपाइको डकुमेन्ट बोल्छ​। तपाइको रेकर्ड राम्रो छ​, तपाइको आर्थिक नियमता बुझबुझारथ राम्रो छ र आर्थिक कारोबारमा तपाइ क्लिन हुनुहुन्छ भने तपाइ दुब्लो पातलो नराम्रो र बोल्न नसक्ने भ​एर तपाइलाइ अधिकारबाट​, सुबिधाबाट वा तपाइलाइ अबसरबाट कहिल्लै बन्चित गर्दैन अमेरिकि कानुन नियम र अभ्यासले। अब रह्यो यो आर्थिक कारोबारको मेरुदन्ड क्रेडिट घट्ने बढ्ने भैरहन्छ तपाइका हरेक दिनका तपाइका आर्थिक क्रियाकलापले। जसले तपाइको अबसर​, अधिकार, सुबिधा वा चाहनालाइ बाटो खुलाइदिन्छ वा रोकि नै दिन्छ​।

अमेरिकामा क्रेडिट स्कोर घटने ८ कारणहरु

१) क्रेडीट कार्ड वा कुनै नियमित पेमेण्ट वा ॠणको भुक्तानि ३० दिन नाघेमा र ढिला हुन ग​एमा। त्यो ५ डलर

देखि ५० डलरसम्मका लेट फि ले तपाइको क्रेडिट स्वाट्टै घटी ढाड सेकाइदिनेछ​। क्रेडीट ब्युरोले लेट फि तपाइको

रेकर्डमा ७ बर्ससम्म राखिदिनेछ​। यो देख्ने बित्तिकै उधारो दिने कम्पनि, सस्था तपाइबाट तर्सिन्छन​।

२) क्रेडिट कार्डमा भ​एको डलर जति एकै चोटि खर्च गरि मिनिमम पेमेण्ट मात्र तिर्दै गएमा तपाइको ड्यू ब्लालेन्स

बढि देखिन जानेछ​। जसले तपाइको क्रेडिट घटाइदिनेछ​।

३) तपाइले तिर्नुपर्ने रकम समयमा नतिर्दा उक्त रकम उठाउन कम्पनि वा उधारो दिने सस्थाले कलेक्सन निकायमा

पठाइदियो भने त्यो रेकर्ड क्रेडिट ब्युरोले राख्नेछ​। जसले तपाइको क्रेडीट घटन जानेछ​।

४) तपाइको अघिल्लो भुक्तानि कलेक्सन डिपार्टमेन्ट​। निकायले उठाएको रहेछ भने त्यो रेकर्ड क्रेडीट ब्युरोले

राख्नेछ र जसले तपाइको क्रेडीट स्वाट्टै घटाइदिनेछ​।

५) तपाइ आफै वा कुनै कम्पनि, सस्थाले तपाइले कुनै सेवा, उधारो वा ॠण लिन वा ब्याक्तिगत एबम ब्यबसायको

लागि तपाइको क्रेडीट लगातार चेक भैरहेमा तपाइको क्रेडीट १०% ले घट्दै जानेछ​।

६) तपाइसङ्ग भ​एका क्रेडिट कार्डहरु मध्ये कुनै एउटा कार्ड कम्पनिले तपाइले पाइआएको क्रेडिट सुबिधामा

कटौति गरिदियो भने क्रेडिट ब्युरोले तपाइको स्कोर घटाइदिन्छ जसलाइ उनिहरुले जोखिम क्लाइन्टको रुपमा

राखिदिन्छ र तपाइको क्रेडीट स्कोर घटाइदिन्छ​।

७) क्रेडीट कार्ड लिने र केहि समयमा नै उक्त क्रेडीट कार्ड बन्द गरिदिदा वा क्यान्सिल गरेमा तपाइको क्रेडीट स्कोर

बर्बाद बनाइदिन्छ​। जसले तपाइको क्रेडीटमा नराम्रो असर पर्न जान्छ​।

८) बैङ्ककरप्सि गर्नु भयो वा आफ्नो घर सम्पत्ति लिलाम​, फोरक्लोजर​, अक्सन वा बैङ्ककरप्सि सकार्नु भयो भने

तपाइको क्रेडिट बर्बाद बनाइदिन्छ​। र यो रेकर्ड १० बर्षसम्म राखिदिन्छ​।

क्रेडीट बढ्ने र बढाउने ८ उपाय र कारणहरु

१) बिल​, भुक्तानि समयमा नै तिर्दै जाने। कदापि लेट फि नतिर्ने।

२) क्रेडिट कार्डको ॠण ब्यालेन्स कम राख्ने।

३) ॠण ब्यबस्थापनमा लाग्ने। कुनै ॠण, उधारो भ​एमा त्यसलाइ तिर्ने र नियमित भुक्तानिलाइ सबैभन्दा बढि

प्राथमिकता दिने र ॠण घटाउदै लैजानेमा जोड दिने।

४) क्रेडिट कार्ड बन्द नगर्ने, एकाउन्ट खोल्ने बरु नचलाउने, चलाउने बित्तिकै तिरिहाल्ने वा एकाउन्ट एक्टिभ नै

राख्ने। क्रेडीट कार्ड बन्द गरेमा यसको रेकर्ड १० बर्षसम्म राखिदिन्छ​।

५) नया लेनदेनमा कमि ल्याउने।

६) क्रेडीट रिपोर्ट महिना वा दुइ महिनामा चेक गर्ने, जतिखेर मन लागेर आयो त्यतिखेर चेक नगर्ने।

७) कुनै पनि भुक्तानि समयमा नै तिरेर कलेक्सनमा नपठाउने।

८) बैन्किङ कार्ड दुरुपयोग भ​एमा फ्रड र इआइडेन्टिटी थेफ्टबाट बचाउन हरदम बैङ्क ब्लालेन्स​, एटीम कार्ड वा

क्रेडीट कार्डको प्रयोगको निगरानि राख्ने जसले तपाइको क्रेडीटमा तलमाथि हुन दिदैन​। क्रेडीट बनाउन बर्षौ लाग्छ भकिन​, बिग्रिन र सत्यानास हुन एक महिना भ​ए काफि हुन्छ यो क्रेडिट अमेरिकामा। आर्थिक ब्यबहारलाइ पार्दर्शि, नियमित र नियमसङ्गत गरि अमेरिकि जिबनशैलिलाइ सहज र अबसरलाइ नगुमाउदा मात्रै अमेरिकि गुणात्मक जिबनशैलिको क्रिमलाइ सदुपयोग गर्न सकिन्छ नत्र अमेरिकामा जति बर्ष बसेपनि लङ्कामा सुन छ मेरो कान बुच्चै भनेजस्तो।

यि सबै तपाइका ब्यबहार र क्रियाकलापमा भर पर्ने हुन्छ​। एक डलर कमाएर २ डलर खर्च गर्ने रहर र बानिले तपाइलाइ अमेरिकामा पत्तासाप बनाइदिनेछ​। बिग्रेपछि, अप्ठेरो भ​ए पछि र ब्यबहार बिग्रेपछि नाच्न नजान्ने मारुनिले आगनलाइ दोष दिएजस्तो।

प्रतिक्रिया