शुक्रबार, कार्तिक ५ २०७८
काठमाडौं ०१:४५
वासिङटन डिसी 16:00

डिसीमा नेपाल पर्यटन प्रबर्धन सम्बन्धमा बिशेष कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ असार ४ गते १:०४ मा प्रकाशित

IMG_1120

वाशिंगटन डिसीमा नेपाली दुताबास तथा नेपाल पर्यटन बोर्डको सयुक्त आयोजनामा नेपाल पर्यटन प्रबर्धन सम्बन्धमा बिशेष कार्यक्रम सम्पन्न भएको छ l उक्त कार्यक्रमको लागि स्थानीय नेपाली समुदायका बिशेष व्यक्तिहरु ,बिदेशी अतिथि ,कुटनैतिक व्यक्तित्वहरुको उपस्थित रहेको थियो l

IMG_1145

कार्यक्रमको सुरुवात कलाकार यज्ञ मान शाक्यले बज्र पानी नृत्य प्रस्तुति गर्दै अतिथिहरुलाई स्वागत गरेका थिए l

अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले नेपालको सबै अतिथिलाई स्वागत गर्नु भएको थियो l र वहाले उक्त पर्यटन प्रबर्धन गर्ने कार्यक्रममा नेपालमा गत बर्ष भूकम्प ले नेपालले भोगेको पिडा बारेमा चर्चा गर्नु भएको थियो l

IMG_1097

राजदुत कार्कीले नेपाल सबैलाई नेपाल को भ्रमण गर्न आग्रह गर्दै नेपाल बुद्धको देश र नेपाल हेर्ने पर्ने देश भएकोले अतिथिहरुलाई कार्यक्रम को रुपरेखा बनाउन आग्रह गरेका थिए l साथै नेपालको पर्यटन लाई बजारीकरण गर्ने हेतुले नेपालको श्रब्य दृश्य देखाईएको थियो l

यसै गरि यसै कार्यक्रमका लागि आएका संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन सचिब तथा नेपाल पर्यटन बोर्डका सभापति प्रेम कुमार राई ले नेपालको पर्यटन सम्बन्धि चर्चा गर्नु भएको थियो l सचिब राईले अगाडी आफ्नो मन्तब्य राख्दै भूकम्प को समयमा बिदेशी संचार माध्यमले नकारात्मक समाचार प्रसार समेत गरेको उल्लेख गर्नु भयो l तर अब नेपाल पुन निर्माणमा लागि सकेको बताउनु भयो l उपस्थित हुने सबै बिदेशी अतिथि तथा पाहुनाहरुलाई बिशेष धन्यबाद दिदै एक पटक नेपाल भ्रमण गर्न बिसेष आग्रह गर्नु भयो l

IMG_1098

र सचिब राईले अमेरिकाका राष्ट्रपति बाराका ओबामालाई नेपाललाई नेपाली उत्पादनहरुलाई अमेरिकामा निर्यात गर्ने अवसर दिएकोमा धन्यवाद दिनु भएको थियो l

यसै गरि कार्यक्रममा स्थानीय कलाकारहरु आकृति खनाल ,अनु संग्रौला तथा मनषी संग्रौलाले नृत्य प्रस्तुति गरेका थिए भने नेपाल टेलि भिजनका पुर्व प्रस्तोतॉ रोशन प्रताप राणाले बासुरीको मिठो धुन प्रस्तुत गरेका थिए l यसै गरि पर्यटन उप सचिब घनश्याम उपाध्यायले नेपालको वर्तमान अवस्था बारेमा जानकारी दिदै बिशेष रुपले तयार गरिएको सामग्री प्रस्तुत गर्नु भएको थियो l नेपाल पर्यटनको लागि तयार भएको समेत जानकारी उपाध्यायले दिनु भएको थियो l  यसै गरि नेपाल पर्यटन बोर्ड का वरिष्ठ अधिकारी सुधन सुबेदीले डिसीमा पहिलो कार्यक्रम गरिएता पनि अमेरिका का अन्य पांच शहरमा नेपालको पर्यटन सम्बन्धि कार्यक्रम गरिने बताउनु भयो l

नेपाल पर्यटन बोर्डकि सद्भावना दुत नविना बस्नेत उप्रेतीले कार्यक्रम संचालित गरेकी थिइन् l

IMG_1107 IMG_1103 IMG_1075 IMG_1064 IMG_1043 (1) IMG_1042 IMG_1040 FullSizeRender e
IMG_1086

प्रतिक्रिया