दूध बेचेर पाँच लाख आम्दानी

इनेप्लिज २०७३ असार ३ गते ७:३४ मा प्रकाशित

images (2)पाल्पा, ३ असार । व्यावसायिक रुपमा पशुपालन गर्न थालेपछि रामपुर नगरपालिकाका किसानले दूध बेचेर मनग्य आम्दानी गर्न थालेका छन् ।

किसानले दूध बेचेर वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न थालेका छन् । रामपुर क्षेत्रमा उत्पादित दूध स्थानीय बजारमा नै खपत हुने गरेको छ । रामपुरमा मासिक २३ हजार लिटर दूध खपत हुने गरेको सीताकुण्ड दुग्ध उत्पादन सहकारी संस्थाले जनाएको छ । गत आवमा यहाँका किसानले दूध बिक्री गरी रु ९० लाख आम्दानी गर्न सफल भएका थिए । यस आवको ११ महिनाको अवधिमा रु ५८ लाखको दूध बिक्री भएको सहकारीका अध्यक्ष कमल भट्टराईले जानकारी दिनुभयो । सहकारीले बिना धितो आफ्ना सदस्यलाई रु ५० हजारसम्म ऋण उपलब्ध गराउने गरेको छ ।

चारवटा सङ्कलन केन्द्रमार्फत किसानले उत्पादन गरेको दूध डेरीसम्म पु-याइन्छ । सहकारीले एकहजार ४०० पशुको पशु बिमा समेत गरेको व्यवस्थापक हरि सिग्देलले बताउनुभयो । “क्षतिपूर्ति पाउने व्यवस्थाले किसानलाई राहत पुगेको छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया