बिपुल क्षेत्रीले लस एन्जेलसमा प्रस्तुति गर्ने

इनेप्लिज २०७३ असार ३ गते ०:५१ मा प्रकाशित

bipul joshi

अहिलेका युवा पिढीहरुका प्रिय गायक बिपुल क्षेत्री तथा टोलिले अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जेलसमा सांगीतिक प्रस्तुति गर्ने पक्का भएको छ l

भेट भयो आज सिन्डिकेटको माझ…, आकाशलाई छुने संसारलाई ढाक्ने…, पानी प¥यो सरर…, डडेलो लाग्यो त्यो पारी डाँडा…जस्ता गीतहरु बाट आफ्नो पहिचान देखाउन सफल गायक बिपुल क्षेत्री तथा टोलीले लस एन्जेलसमा हुदै गरेको नेपलिज अमेरिकन सम्मेलनमा पहिलो पटक प्रस्तुती दिने भएका छन् l

बिपुल क्षेत्री तथा सांगीतिक टोलीले जुलाई ४ मा भब्य प्रस्तुति गर्ने छन् l बिपुल क्षेत्रीका गीतहरुले गत वर्ष हिट्स एफ एम अवार्ड तथा अन्य पुरस्कार जितेका थिए । छोटो समयमा कर्णप्रिय गीत गाएर लोकप्रिय हुँदै गरेका गाएक बिपुल क्षेत्रीले अस्ट्रेलिया, लन्डन, दुबई तथा नेपालमा प्रस्तुति गरि सकेका छन् l कालिंपुङ्मा जन्मिएका क्षेत्री पेशाले संगीत शिक्षक हुन् ।

प्रतिक्रिया