लोकतान्त्रिक नेपालको राष्ट्रिय गीतका संगीतकार स्व. अम्बर गुरुङलाई श्रद्धान्जली कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ असार २ गते २२:५७ मा प्रकाशित

1466110801528

लण्डन,असार ३,२०७३ । । विश्व नेपाली साहित्य महासंघ र नेपाली दुतावास लण्डनको संयुक्त आयोजनामा लण्डनमा लोकतान्त्रिक राष्ट्रिय गीतका संगीतकार स्व. अम्बर गुरुङ प्रति सम्मान ब्यक्त गर्दै श्रद्धान्जली कार्यक्रम सम्पन्न गरिएको छ ।

1466110762920

संगीतकार गुरुङको गत २५ जेठ ३,२०७३ बिहान ग्रान्डी इन्टरनेशनल अस्पताल काठमाडौमा,७९, को स्वर्गरोहण भएको हो । गुरुङलाई राजकीय सम्मानका साथ अत्येष्ठि गरिएको थियो ।
उनको गहकिलो सांगीतिक जीवन संगीतकार नै मानिन्थ्यो र सबैमाँझ लोकप्रिय हुनुहुन्थ्यो । दार्जि्लिङमा जन्मनु भएका स्व. गुरुङको पूख्यौली गाँउ गोर्खा जिल्लाको रिसिङ हो ।

1466110728023

विश्व नेपाली साहित्य महासङ्घका केन्द्रिय अध्यक्ष विश्वासदिप तिगेलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि लन्डनस्थित दुतावासका कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री,विशेष अतिथि किराँत राई यायोक्खा बेलायतकी सल्लाहकार तथा पूर्व अध्यक्ष प्राध्यापक श्रीमती सुमाया राई, अतिथिहरु लण्डनबाट प्रसारित नेपाली टेलिभिजन गोर्खा च्यानलका प्रस्तोता विमला सेने, डा.चन्द्र गुरुङ,कथाकार विजय हितान, गायक थिर थापा, नेपाली टिभिका प्रमुख प्रबन्धक राजेश थापा साथै बेलायतका विभिन्न संघसंस्थाहरुका सदस्य तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

1466110691858

कार्यक्रमको पहिलो चरणमा स्व. गुरुङको तस्बिरमा माला अर्पण गरिएको थियो । बेलायतमा रहेका साहित्यिक अनुरागीहरुले स्व. गुरुङका संझना गर्दै आ-आफना सिर्जना पस्केका थिए ।
पाश्चात्य संगीतकार अम्बरले संगीत भरेका ‘ए कान्छा ठट्टैमा बैस जान लाग्यो’ बोलको गीतलाई चर्चित गायक थिर थापाले सभामा प्रस्तुत गरेका थिए ।

नेपाली टेलिभिजन गोर्खा च्यानलका प्रस्तोता शसि थापा सुव्वा र पत्रकार जानुका राईले संन्चालन गरिएको श्रद्घाञ्जली कार्यक्रममा प्रबन्धक राजेश थापाले संगीतकार अम्बर गुरुङको बारेमा
मिठो परिभाषामा समिक्षात्मक जीवन कहानी सुनाएका थिए ।

अम्बर गुरुङ आफ्नो जिवनको सुरुवातबाटै कठोर संघर्ष गर्दै आएका थिए ।
करिब ५५ वर्षअघि उनले ‘म अम्बर हुँ तिमी धर्ती…’लाई कलकतामा रेकडिङ गरेका थिए ।
अम्बरले गीतमा जसरी आकाश, धर्ती र क्षितिजको प्रसंग उठाएका छन । वाद्य–संयोजनका माध्यमले पनि यसको प्रस्ट अनुभूत गराएका छन् । , ‘ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न…’,
‘घाम, जून पञ्च राखी बाचा मार…’ जस्ता गीतहरु नेपाली सांगीतिक धरातलमा उदयमान मानिन्छन् ।

विदेशी भूमिबाट उनले पाश्चात्य हार्मोनाइजको शैली आफ्नो संगीतमा स्वदेश ल्याएका हुन् । यो नेपाली संगीतमा नितान्त नौलो प्रयोग थियो । तर, त्यो शैली दार्जी्लिङमा पहिल्यै लोकप्रिय थियो ।
मञ्चीय कार्यक्रम र रेडियो नेपालमा घन्किन थालेपछि त्यसको प्रभाव नेपाली संगीतमा अकासिँदै गएको पाईन्छ ।

पूर्वीय र पाश्चात्य संगीतका गहिरो अध्येता अनि नेपाली लोक तथा परम्परागत संगीतका ज्ञाता मानिएका गुरुङ नेपाली परम्परागत लोक भाकाका शैलीलाई पाश्चात्य संगीतमा सम्मिश्रण गरेर अम्बरले बडा सुन्दर संगीत सिर्जना गरेका छन् । आफ्नो पहिलो सिर्जना ‘नौ लाखे तारा उदाए…’मै उनले नेपाली संगीतमाथि विलक्षण प्रयोग गरेर आफ्नो सिद्धहस्त प्रतिभा देखाएका थिए । त्यो, संगीतका लागि गरिएको नितान्त संगीत थियो ।

अम्बर गुरुङ आफैँमा एक सशक्त संगीतकार, गीतकार र गायक थिए । यसबाहेक संगीतका एक महाविद्यालय नै थिए । उनले सिकाएका दार्जी्लिङका कर्म योञ्जन, गोपाल योञ्जन, शरद प्रधान,
रन्जित गजमेरदेखि पिटर जे कार्थकसम्म आफ्नो साधनामा लोकप्रिय र प्रतिष्ठित भएको भेट्न सकिन्छ ।
उनले काठमाडौं आएपछि प्रशिक्षण दिएका दीपक जंगम, शक्तिवल्लभ, राजकुमार श्रेष्ठ, आभास, शिशिर योगीजस्ता दर्जनौँ प्रतिभाले यसै क्षेत्रमा पृथक् स्थान बनाइसकेका छन् ।
उनले लामो समय नेपाल संगीत विद्यालय, पिंगलास्थानको संगीत प्रिन्सिपल भई काम गर्दा पनि दर्जनौँ गायक–गायिका र संगीतकारहरू जन्माएका छन् ।

‘मालती–मंगले’ गीतिनाटकको उत्कृष्ट संगीत अम्बर गुरुङको जीवनमा सधैँ गाँसिएर आउने एउटा सांगीतिक मोड हो । उनले पहिलोपटक ‘कोयार’जस्तो नेपालमा कहिल्यै
प्रयोग नभएको सांगीतिक शैलीको रसास्वादन गराए । संयोग पञ्चायती शासनसत्तासँग गाँसिएर आएका यी प्रतिभाले दोस्रो जनआन्दोलनपछि आएको लोकतान्त्रिक नेपालको राष्ट्रगानको
संगीत गर्ने अवसरसमेत पाएका थिए ।

उनी नेपाली गीत संगीतलाई अजर अमर राख्ने आफ्ना सिर्जना छाडेर गइदिए, २५ जेठमा । तर, सिद्धहस्त संगीतज्ञ, नामुद गीतकार, गायक, नेपाली आधुनिक संगीतका मूर्धन्य व्यक्तित्व
अम्बर गुरुङ सदा–सर्वदा अमर छन् । सिंगो नेपाली संगीतलाई अतुलनिय योगदान पुगेको छ चाहे राष्ट्रिय गीतको धुन र नेपाली सैनिक धुन बनेर होस् चाहे सुनको तारा र जुन खसाउने
मायालुहरुको गीत बनेर होस् । नेपाल र नेपालीहरुको ढुकढुकी बनेर उनको सिर्जनाहरु धड्की रहने अम्बर गुरुङ प्रति हार्दिक श्रद्घाञ्जली अर्पण गर्दछौ ।

प्रतिक्रिया