आइतबार, असोज ३१ २०७८
काठमाडौं ००:१४
वासिङटन डिसी 14:29

एसएलसीको मार्कसिटमा विषयगत अंक नहुने

इनेप्लिज २०७३ असार २ गते ११:३८ मा प्रकाशित

काठमाडौं २ असार, Slc-result-650x488। यसपालीको प्रवेशिका परीक्षा (एसएलसी)को नतिजा सार्वजनिक भएको छ । भएको छ । यसअघि पास, फेल सहित विद्यार्थीले कुन विषयमा कति अंक ल्याए भन्ने थाहा पाउन सकिन्थ्यो ।

तर, यस पटक ग्रेड प्रणाली लागु भएसँगै विद्यार्थीको मार्कसिटमा अंक उल्लेख हुनेछैन । त्यसमा विषयगत ग्रेड र जिपीए मात्र उल्लेख हुनेछ । कूल जिपीए पनि उल्लेख हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालय स्रोतले भन्यो, ‘विद्यार्थीले पाएको अंक हाम्रो लेजरमात्र हुन्छ, उनीहरुले पाउने मार्कसिटमा हुनेछैन ।’

तर, विद्यार्थीले कुनै पनि विषयमा पाएको ग्रेड चित्त नबुझे रि-टोटलिङ (पुनर्योग) गर्न सक्नेछन् । साथै डी प्लस भन्दा कम ग्रेड आएको दुईवटा विषयमा पुनः परीक्षासमेत दिनसक्नेछन् ।

प्रतिक्रिया