शुक्रबार, कार्तिक ५ २०७८
काठमाडौं ०१:४३
वासिङटन डिसी 15:58

संघीय गठबन्धनको रिले अनशन आज दसौँ दिनमा

इनेप्लिज २०७३ असार २ गते ५:१७ मा प्रकाशित

Rile-ansan-1-650x366काठमाडौं, २ असार । संविधान पुनर्लेखनको माग राखेर आन्दोलन गर्दै आएको संघीय गठबन्धनको रिले अनशन आज दसौँ दिनमा प्रवेश गरेको छ ।काठमाडौंको खुलामञ्चमा जारी रिले अनशनको आजको नेतृत्व राष्ट्रिय मधेस समाजवादी पार्टीका उपाध्यक्ष अजय शाहीले गर्नुभएको रामसपाका प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको अनशनमा झण्डै तीस जना नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।अनशनमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोकी पत्नी तथा सांसद शैली महतो पनि अनशन बस्नु भएको छ ।

अनशनमा इजराइल अहमद, अनिता रौनियार, रामपुकार साह, मंगल चौधरी, ज्ञानुभाङ इम्बुङ लिुम्बुलगायत रहेको रामसपाका प्रवक्ता झाले बताउनुभयो ।

 

प्रतिक्रिया