बालश्रम बिरुद्ध दिवस सम्पन्न

इनेप्लिज २०७३ असार २ गते १:०५ मा प्रकाशित

rohit 3

हरेक वर्ष जुन १२ तारिखमा विश्वभर मनाइदै आएको बालश्रम विरुद्ध दिवस काठमाडौँमा मनाईएको छ l सामाजिक सचेतना र सरोकार बढाउने उद्धेश्यले गत जेष्ठ ३० गते बालश्रम बिरुद्ध दिवस माईतिघर मण्डलामा मदर जोए फाउन्डेसनले आयोजना गरेको कार्यक्रम सम्पन्न भएको छ l

उक्त कार्यक्रममा कलाकारहरु ,फाउन्डेसनका पदाधिकारी ,समाजसेवी ,महा बिधालयमा अध्ययनरत बिद्यार्थीहरुले उपस्थिति जनाएका छन् l बिभिन्न प्रकारका प्रदर्शनी सामग्रीहरु ,बालश्रम रोकौ ,बालश्रम अन्त्य गरौ ,अबको दिन बालबालिकाको मुखमा मुस्कान , विश्व बालश्रम बिरुद्ध दिवस आदि तथा अंग्रेजीमा बालश्रम भनेको कस्ट दायक र उनीहरुलाई आँसु झार्न न दियौ भन्ने नारा सहित प्रदर्शन गरिएको थियो l

rohit 5

उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार जित्न सफल भएका चलचित्र निर्देशक तथा बाल कलाकार सहितको सहभागिता रहेको थियो l मदर जोए फाउन्डेसनले सामाजिक सेवा अन्तर्गत जन चेतना मुलका कार्यक्रम गर्दै आएको छ l

बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्य विरुद्ध बालश्रम विरुद्धको दिवस मनाईएको हो l बालश्रम विरुद्धआईएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्युनतम उमेर सम्बन्धि महासन्धि १३८कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रम विरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो ।

rohit 7

बालश्रम बालबालिकाले गर्ने शारीरिक श्रम हो भने नेपाल उच्च ‍बालश्रम दर भएको देश हो ‍। नेपालमा बालबालिकाको हक अधिकारको रक्षा गर्न बनेको बालबालिका सम्बन्धि ऐन २०४८ ले १६ वर्ष ‍मुनिका ‍प्रत्येक लाई बालबालिका भनेर परिभाषित गर्दै उनीहरुलाई श्रमिक बनाउन बर्जित गरेको छ ‍।

rohit 6

rohit 8 rohit 4

प्रतिक्रिया