आइतबार, कार्तिक ७ २०७८
काठमाडौं ०१:३५
वासिङटन डिसी 15:50

छात्रवृतिको लागि आन्वाको आँगन बिक्रि सम्पन्न 

इनेप्लिज २०७३ असार १ गते २२:३० मा प्रकाशित
anwa 1
अमेरिका नेपाल महिला संघ (आन्वा)बृहत वाशिंगटनले गत शनिबार ११ तारिख म्यारिल्याण्डमा नेपालका बिद्यार्थीका लागि छात्रवृति प्रदान गर्ने हेतुले आँगन बिक्रि(यार्ड सेल )सम्पन्न गरेको छ l बर्षमा दुई पटक नियमित रुपमा आँगन बिक्रि गर्दै आएको अमेरिका नेपाल महिला संघले यसपाली पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको छ l
 
आयोजक संस्थाका पदाधिकारीले बिगत केहि बर्ष देखि नेपालमा यस बाट संकलित पैसा बाट नेपालमा जेहन्दार ,उत्कृष्ट तथा ईमान्दार बिद्यार्थीलाई छात्रवृति प्रदान गर्दै आएको बताएका छन् l यो पनि एउटा समाज सेवा हो र एउटा पवित्र काम गर्ने मौका पाईएकोमा हामीलाई हर्ष लागेको संघका पदाधिकारी तथा स्वयम् सेवकले बताए l
anwa2
सन् २००५ मा स्थापित संस्थाको मुख्य उदेस्य विभिन्न सामाजिक क्रियाकलाप गर्दै यस भेकमा रहेका नेपाली समुदाय तथा नेपाली महिलालाई सामाजिक अन्तरक्रिया गराउनु तथा सामजिक क्रियाकलाप मार्फत महिला सशक्तिकरण गराउने प्रकारका कार्यक्रम ल्याउनु रहेको छ l
anwa 6 anwa 3 anwa5

प्रतिक्रिया