शुक्रबार, कार्तिक १२ २०७८
काठमाडौं ०२:१९
वासिङटन डिसी 16:34

फरार अभियुक्त बाइस वर्षपछि पक्राउ

इनेप्लिज २०७३ असार १ गते १४:१० मा प्रकाशित

काठमाडौँ, १ असार । सवारी ज्यान मुद्दाका फरार अभियुक्त काठमाडौं महानगरपालिका–३४ भिमसेनगोला बस्ने गणेशबहादुर तण्डुकारलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले आज भीमसेनगोलाबाट पक्राउ गरेको छ ।

तण्डुकारले बा.अ.ह ८७७ नम्बरको टेम्पो चलाउँदा २०५१ सालमा चाबहिल–महाराजगन्ज सडकमा पैदल हिँडिरहेका ५९ वर्षीय रामकुमार जीवनलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो ।

सोही मुद्दामा काठमाडाँं जिल्ला अदालतले २०५१ माघ १० मा फैसला गर्दै टेम्पो चालक तण्डुकारलाई २ वर्ष कैद हुने ठहर गरेको थियो । पक्राउ परेको तन्डुकारलाई कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजारमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया