सोमबार, कार्तिक १ २०७८
काठमाडौं २२:५७
वासिङटन डिसी 13:12

युरो कप फुटबलको उपाधि दाबेदार पोर्चुगल बराबरीमै

इनेप्लिज २०७३ असार १ गते ४:०१ मा प्रकाशित

34पेरिस, असार १ । युरो कप फुटबलको उपाधि दावेदार पोर्चुगललाई आईसल्याण्डले बराबरीमा रोकेको छ ।

फ्रान्समा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको समुह एफ को खेलमा आईसल्याण्डले पोर्चुगललाई १–१ गोलको बराबरीमा रोकेको हो ।

खेलको ३१ औं मिनेटमा पोर्चुगलका नानीले पहिलो गोल गरे । तर दोस्रो हाफको ५० औं मिनेटका आईसल्याण्डका बिर्की बार्नासनले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

यो बराबरीपछि पहिलो पटक युरोकप फुटबल खेलिरहेको आईसल्याण्डले प्रतियोगिताको पहिलो खेलबाटै १ अंक जोडेको छ ।

 

प्रतिक्रिया