जनश्रमदानबाट तीन किमी मोटरबाटो निर्मित

इनेप्लिज २०७३ असार १ गते ३:३८ मा प्रकाशित

downloadसल्यान, १ असार । कारागिठी गाविसका बासिन्दाले जनश्रमदानबाट तीन किमी मोटरबाटो निर्माण गरेका छन् ।
गाविसका शङ्खपिपल तिर्थे, आरिङ्गाले फेदी हुँदै शारदा नगरपालिका–११ खैरावाङ जोड्ने सडक स्थानीयवासीको सक्रियतामा बनेको हो ।

कारागिठी–१, २ र ३ का ११० घरधुरीले सडक निर्माणका लागि सङ्कलन गरेको रु चार लाख ५७ हजार ३०० कोे लागतमा सडक निर्माण गरिएको मोटरबाटो निर्माण समितिका अध्यक्ष प्रेमबहादुर राम्जाले जानकारी दिनुभयो ।

सडक निर्माणसँगै गाउँभित्रका कृषिजन्य उपजको निर्यात गर्न सजिलो हुनेभएको छ । सडक नहुँदा गाउँमा कृषि उपजको निकासीमा समस्या परेको थियो । अब गाउँमै गाडी पुगेपछि सहज हुने छ । गाउँमै गाडी पुगेपछि स्थानीयवासीले गाडी चालकलाई फूलमालाले स्वागत गरेका थिए

प्रतिक्रिया