सोमबार, कार्तिक १० २०७७
काठमाडौं १३:२९
वासिङटन डिसी 03:44

एनसेल क्षति प्रकरणः चार पक्राउ

इनेप्लिज २०७३ असार १ गते ३:२३ मा प्रकाशित

Tower-ncell-650x366-1बनेपा, १ असार । काभ्रेपलाञ्चोकको गैरीबिसौना देउपुरमा रहेको एनसेलको टावरमा क्षति पु-याएको जनाई प्रहरीले मङ्गलबार चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का २७ वर्षीय रमन परियार, पाँचखाल–३ का ३७ वर्षीय लालबहादुर विक, पनौती नगरपालिका–११ का ४३ वर्षीय श्याम श्रेष्ठ र नयाँगाउँ देउपुर–३ चमारसिंह तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेकपा माओवादीका जिल्लास्तरीय ती नेतालाई आगजनी मुद्दामा जिल्ला अदालत, धुलिखेलबाट म्याद थप गरी अनुसन्धान भइरेहको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । उनीहरुलाई यही जेठ २९ गते राति एनसेल टावरमा क्षति पु-याएको आरोप लगाइएको छ ।

प्रतिक्रिया