शुक्रबार, कार्तिक १२ २०७८
काठमाडौं ०२:११
वासिङटन डिसी 16:26

फेरि हतियारसहित भारत छिऱ्यो चिनियाँ सेनाको फौज, दिल्लीमा हल्ली खल्ली

इनेप्लिज २०७३ जेठ ३२ गते ९:५८ मा प्रकाशित

Chinese_Army_troops_enterd_the_Indian_Boarder-1-650x364

काठमाडौं, ३२ जेठ । भारतीय दादागिरीलाई चुनौति दिँदै एकपटक फेरि चिनियाँ सेना भारत पसेको छ ।

यसपाली भारत छिरेको चिनियाँ टोली १५-२० जनाको मात्रै थिइन् पुरै साढे दुई सय अर्थात २५० जनाको समूह थियो ।

भारतीय प्रहरी बर्दीमै नेपालको राजधानीसम्मै विना अनुमति आइरहेका बेला चिनियाँ सेनाको जम्बो टोली हतियारसहित भारतीय भुमिमा प्रवेश गरेको हो । भारतीय सञ्चारमाध्यमका  अनुसार चीनसँग जोडिएको अरुणाञ्चल प्रदेशअन्तर्गत पर्ने भारतीय भुमिमा छिरेर चिनियाँ सेनाले तीन घण्टा विताएको छ ।

भारतीय प्रहरी बर्दीमै नेपालको राजधानीसम्मै विना अनुमति आइरहेका बेला चिनियाँ सेनाको जम्बो टोली हतियारसहित भारतीय भुमिमा प्रवेश गरेको हो ।

 

यो खबरले भारतको राजधानी नयाँ दिल्लीमा हल्ली खल्ली मच्चिएको छ । भारतको रक्षा मन्त्रालयले स्रोतले दिएको जानकारी अनुसार चार समूहमा आएका चिनियाँ सेनाले तीन घण्टासम्म भारतीय भुमि कब्जामा लिएर बसेका थिए ।

पछि भारतीय सेनाले विरोध जनाएपछि उनीहरु फर्किएको भारतीय सञ्चारमाध्यमले समाचारमा दाबी गरेका छन् । यो घटना भारतीय राष्ट्रपति चीन भ्रमण गरेर स्वदेश फर्किएको १५ दिन नवित्दै भएको हो । पूर्वाेत्तरमा चिनियाँ सेनाले भारतीय सीमा अतिक्रमण गरेको यो वर्षको यो पहिलो घटना हो ।

यद्यपी नरेन्द्र मोदी सरकारका रक्षा मन्त्री मनोहर पर्रिकरले केही अगाडि दाबी गरेका थिए मोदी सरकारको नीतिले चीन र अन्य देशबाट सीमाको अतिक्रमण घटनामा कमी आएको छ ।

भारतीय सेनाका एक उच्च अधिकारीका अनुसार भारत र चीनबीच सीमा निर्धारण नहुँदा बारम्बार चिनियाँ सेना भारतीय सीमामा प्रवेश गर्ने गरेको छ र भारतीय सेनाको विरोधपछि फर्किन्छ ।

समाचार अनुसार अरुणाञ्चल प्रदेश र लद्दाखमा लाइन अफ एक्चुअल कन्ट्रोलमा चिनियाँ सेनासँग भारतीय जवान आमने सामने हुने गरेका छन् ।

Chiness-army

प्रतिक्रिया