शनिबार, असोज ३० २०७८
काठमाडौं १४:०३
वासिङटन डिसी 04:18

गंगाको नेतृमा रिले अनशन, आठौँ दिनमा प्रवेश

इनेप्लिज २०७३ जेठ ३२ गते ६:४८ मा प्रकाशित

Ganga-chaudhary1काठमाडौं, ३२ जेठ । संविधान पुनर्लेखनको माग गर्दै संघीय गठबन्धनले जारी राखेको रिले अनशन आज आठौँ दिनमा प्रवेश गरेको छ ।

रिले अनशनको आजको नेतृत्व थरुहट तराई पार्टी नेपालकी उपाध्यक्ष गंगा चौधरीले गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।

रिले अनशनमा संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादव, रामसपाबाट रामजी श्रेष्ठ, फोरम गणतान्त्रिकका गजाधर यादवलगायतका नेताहरू बसेका छन् ।

राजाधनी केन्द्रित आन्दोलन गर्दै आएको गठबन्धनले जेठ २५ गतेदेखि काठमाडौंको खुलामञ्चमा रिले अनसन सुरू गरेको हो । अनसन असार मसान्तसम्म चल्नेछ ।

यसैबीच, संघीय गठबन्धनको सचिवालयको बैठक बस्दैछ । तिनकुनेस्थित संघीय गठबन्धनको मुख्यालयमा बस्ने बैठकमा रिले अनसन र भावी कार्यक्रमका विषयमा छलफल हुने रामसपा प्रवक्ता एवम् सचिवालय सदस्य झाले बताउनुभयो । ‘रिले अनसन जारी छ’, उहाँले भन्नुभयो, ‘यसैलाई व्यवस्थित बनाउन सचिवालयको बैठक बस्न लागेको हो ।’

 

प्रतिक्रिया