नेपाल अमेरिका पत्रकार संघ (नेजा) को प्रेस बिज्ञप्ती‏

इनेप्लिज २०७३ जेठ ३१ गते २०:३२ मा प्रकाशित

विज्ञप्ति मिति ०६–१२–२०१६
नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले उपाध्यक्ष गुणराज लुईटेलको संयोजकत्वमा पाँच सदस्यीय विवाद निरुपण तथा छानविन समिति गठन गर्ने निर्णय गरेको छ । समितिका अन्य सदस्यहरू उपाध्यक्ष लुइटेलले चयन गर्नुहुनेछ ।
११ जुन २०१६ मा बसेको नेजा कार्यसमितिको बैठकले संस्थासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा देखिएका गुनासा, आरोप प्रत्यारोप र संस्थालाई आघात पुरयाउने गतिविधिको विस्तृत जानकारी संकलन गरी समस्याको निकासका लागि सुझाव दिन यो समिति गठन गरिएको हो । गत जुन ४ शनिवारका दिन न्युर्योक क्षेत्रमा क्रियाशील पत्रकार र सञ्चारकर्मीहरुसँग नेजाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम लगायत विभिन्न समयमा उठेका विषयमा समेत यस समितिले विस्तृत जानकारी हासिल गरी अर्को बैठकमा प्रतिवेदन पेश गर्नेछ । अमेरिका र क्यानडामा रहेका सबै पत्रकारलाई गोलवद्ध गर्ने एक मात्र संस्था नेजा भएका कारण पेशागत साथै संस्थागत मर्यादा भित्र रहेर सबै सदस्यहरूले काम गर्ने वातावरण बनाउन पनि यो समितिले सुझाव दिने छ ।
त्यस्तै बैठकले विधानका कतिपय विषयलाई समय सापेक्ष वनाउदै लैजान अघिल्लो कार्यसमितिले संस्थापक अध्यक्ष गिरिश पोखरेलको संयोजकत्वमा गठन गरेको समितिमा दुई सदस्य थप गर्दै पॉच सदस्यीय समिति बनाउने निर्णय गरेको छ । थप दुई सदस्यमा कार्यसमितिबाट बाल जोशीलाई मनोनीत गर्ने निर्णय भएको छ । समितिका थप सदस्य र कुनै सदस्यलाई काम विशेषले बस्न नसक्ने भएमा संयोजक गिरिश पोखरेललाई सो स्थानमा नयाँ सदस्य राख्ने गरी कार्य गर्न सक्ने अधिकार प्रत्यायोजन गरियो । हालै सम्पन्न पॉचौ अधिवेशन तथा दशौ साधारणसभाको क्रममा विधानको विषयमा उठेका विषयहरूको सम्बोधन गर्दै आवश्यकता अनुसार सदस्यसंग थप राय सल्लाहा लिँदै विधानको मस्यौदा कार्यसमीतीलाई पेश गर्नेछ । संसोधित विधानलाई प्रक्रियागत ढङ्गले अनुमोदन गरिनेछ ।

सचिवालय समितिलाई सल्लाहाकार समिति छनौट गर्न जिम्मा दिने निर्णय भएको छ । सबै पक्षसंग छलफल गर्दै संस्थाको बृहत्तर हितको लागि सचिवालय समितिले सल्लाहाकार समिति चयन गर्नेछ ।
तोया दाहाल
महासचिव
नेपाल अमेरिका पत्रकार संघ (नेजा)

प्रतिक्रिया