बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं ०२:१३
वासिङटन डिसी 16:28

डिसी मेट्रोमा साहित्यकार सम्मानित

इनेप्लिज २०७३ जेठ ३१ गते १०:१५ मा प्रकाशित

IMG_3273

वासिंबटन डिसी जुन १२
अन्तराष्ट्रिय नेपाली साहित्य समाज अनेसास वासिंटन डिसी मेट्रो च्याप्टरको आयोजनामा श्रष्ठाहरुको सम्मान तथा साहित्यिक गोष्ठि यहाँ सम्पन्न भएको छ ।

IMG_3353

च्याप्टरका संयोजक रामप्रसाद खनालको अध्यक्षता तथा संस्थापक अध्यक्ष होमनाथ सुवेदीको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ साहित्यकार तथा गीतकार दिनेश अधिकारी,साहित्यकार एलबी क्षेत्री र डा. रघुनाथ अर्याललाई सम्मान गरिएको थियो । सो अबसरमा २० जनाभन्दा बढी श्रष्टाहरुद्धारा आफ्ना रचना बाचन पनि गरिएको थियो । त्यस अवसरमा गीतकार दिनेश अधिकारीले गीत र कविता बाचन गर्नु भएको थियो । गीतकार अधिकारीको सम्मान स्वरुप उहाँद्धारा रचित “तिमी जुन रहरले ममा फुल्न आयौ”बोलको गीत कलाकार खेम संग्रोलाले गाएर मनोरन्जन गराउनु भएको थियो ।

DSC09792

अनेसासको हालै सम्पन्न रजत महोत्सबमा भाग लिन नेपालबाट आउनुभएका साहित्यकार दिनेश अधिकारी र एलबी क्षेत्रीलगायतका श्रष्टालाई डिसी मेट्रो च्याप्टरले छुट्टै सम्मान गरेको हो । आज आयोजित कार्यक्रममा बरिष्ठ साहित्यकारहरुसँग अन्तरक्रिया पनि गरिएको थियो । अन्तरक्रियामा गीत र कविताको परिभाषा गर्दै गीतकार अधिकारीले गीत र कविता पाठकले बुझने स्तरको हुनु पर्नेमा जोड दिनु भयो भने एलबी क्षेत्रीले भन्नुभयो कविता वा गीत रचना भावनामा हुन्छ जब कि पाठकको रुची अनुरुपको रचना हुन पनि सक्छ नहुन पनि सक्छ ।

DSC09801कार्यक्रममा साहित्यकार क्षेत्रीले आफू संलग्न संस्थाको तर्फबाट अनेसास डिसी मेट्रो च्याप्टरलाई पनि सम्मान गर्नुका साथै आफूव्दारा रचित तथा प्रकाशित पुस्तकहरु उपहार स्वरुप प्रधान गर्नु भएको थियो ।
साहित्यकार दिनेश अधिकारी नेपाल सरकारका अवकास प्राप्त सचिब हुनुहुन्छ भने एलबी क्षेत्री अवकास प्राप्त प्राध्यापक हुनुहुन्छ ।

IMG_3238

प्रतिक्रिया