शुक्रबार, कार्तिक १२ २०७८
काठमाडौं ०३:०९
वासिङटन डिसी 17:24

रिले अनशन सातौँ दिनमा प्रवेश, अशोक राईसहितका नेता खुलामञ्चमा

इनेप्लिज २०७३ जेठ ३१ गते ४:२९ मा प्रकाशित

Rile-ansan-morcha-1-650x366काठमाडौं, ३१ जेठ । मधेसी मोर्चासहितका दलहरू आबद्ध संघीय गठबन्धनको सातौँ दिनको अनशन आज पनि जारी छ ।

काठमाडौंको खुलामञ्चमा बिहान सात बजेदेखि सुरू भएको अनशनको नेतृत्व संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता तथा सांसद अशोक राईले गर्नुभएको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।

‘संविधान पुनर्लेखनको मागसहित सुरू भएको रिले अनशन आज सातौँ दिनमा प्रवेश गरेको छ’, झाले भन्नुभयो, ‘सरकारलाई मागका विषयमा दबाब दिन अनशनमा बसेका हौँ ।’

आजको रिले अनशनमा अशोक राईका साथै केशव झा, पूर्वमन्त्री रामचन्द्र कुशहवा, रीता यादव, शैलेन्द्र साह, कृष्णबहादुर धुजु, रमण पाण्डेलगायत दुई दर्जन नेताहरू रहेका छन् ।

यसैबीच, आजको रिले अनशनमा ऐक्यवद्धता जनाउन नेकपा (माओवादी क्रान्तिकारी)का अध्यक्ष मोहन बैद्य आउने कार्यक्रम रहेको छ । अध्यक्ष बैद्य दिउँसो साढे ३ बजे खुलामञ्चमा आउनु हुने रामसपाका प्रवक्ता झाले बताउनुभयो ।

रिले अनशनका क्रममा अपरान्ह तीनबजेदेखि दुई घण्टासम्म सांस्कृतिक कार्यक्रम हुने गरेको छ । त्यसपछि रिले अनशनलाई शीर्ष नेताले सम्बोधन गर्ने गरिँदै आइएको छ ।

प्रतिक्रिया