आइतबार, कार्तिक १६ २०७७
काठमाडौं ०६:३१
वासिङटन डिसी 20:46

नयाँ शक्तिले एमालेबाहेकका अरु दलहरुलाई धक्का दिन्छ : प्रधानमन्त्री ओली

इनेप्लिज २०७३ जेठ ३० गते १३:२९ मा प्रकाशित

Kp-Oli-काठमाडौं, ३० जेठ । प्रधानमन्त्री केपी ओलीले अन्तुष्ट पक्षका मागलाई वार्ताबाट सम्बोधन गर्न आफू तयार रहेको पुनः दोहराउनुभएको छ ।

बाबुराम भट्टराईको नयाँ शक्तिलाई शुभकामना दिन आज दशरथ रङ्गशाला पुगेका प्रधानमन्त्री ओलीले आफूले समस्या समाधानकालागि पटक पटक अपील गरेको बताउनुभयो । ‘म असन्तुष्ट दलहरुका माग पूरा गर्न तयार छु’ उहाँले भन्नुभयो, ‘संविधान संशोधन गर्न पनि तयार छु ।’

प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो, ‘यो पार्टीले एमालेलाई बाहेक सबै पार्टीलाई धक्का दिन सक्छ । शुभकामना छ । मलाई बोल्न दिनुभएकोमा धन्यावाद छ । यो पार्टी भनेर नाम लिन चाहन्न । तर, धक्का दिनेछ ।’

बन्दै गरेको पार्टीका विषयमा धेरै नकारातमक टिप्पणी गर्न आवश्यक नरहेको बताउनुभएका ओलीले भन्नुभयो, ‘नयाँ पार्टी बन्दैछ । बनिसकेपछि यो पार्टीले के गर्छ पछि कुरा गरौँला । देशका लागि काम गरोस् । विकासका लागि काम गरोस् ।’

प्रतिक्रिया