आइतबार, कार्तिक १६ २०७७
काठमाडौं ०७:१०
वासिङटन डिसी 21:25

घाँटीमा लिची अड्किएर नाबालकको मृत्यु

इनेप्लिज २०७३ जेठ ३० गते १३:२५ मा प्रकाशित

धनकुटा, ३० जेठ । घाँटीमा लिचीको दाना अड्किएर आज दिउँसो धनकुटामा एक नाबालकको मृत्यु भएको छ ।

धनकुटा नगरपालिका–३ गोठगाउँका जीवन लिम्बूको दुई वर्षीय छोरा सनमको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो ।

छिमेकी बद्री मिश्रका अनुसार आफ्नै आमाले बोक्रा छुट्याएर खान दिएको लिची घाँटीमा अड्किएपछि उनलाई धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । अस्पतालमा ल्याइपु¥याउनुअगावै नाबालकको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालका डाक्टर चुनु दर्नालका अनुसार नाबालकको घाँटीबाट गुदीसहितको लिचीको दाना निकालिएको छ । लिचीको दाना अड्किएर श्वासप्रश्वास नली बन्द भएपछि नाबालकले श्वास फेर्न नसकेर मृत्यु भएको डाक्टर दर्नालले बताउनुभयो ।

प्रतिक्रिया