मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०२:४३
वासिङटन डिसी 16:58

‘विप्लव’ माओवादीको अर्को ठूलो बितन्डा, टावर ध्वस्त

इनेप्लिज २०७३ जेठ ३० गते ४:१७ मा प्रकाशित

Tower-ncell-650x366-1गुल्मी ३० जेठ । गुल्मीको रेसुङ्गाडाडाँमा रहेको एनसेल टावरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आगजनी गरेका छन् ।

माओवादीका कार्यकक्ताले शनिबार राति एनसेलको टावरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

५ जनाको समूहमा रहेका कार्यकर्ताले टावरका चौकीदारलाई काम छ तपाई बाहिर जानुस भनेर टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीका डिएसपी महेन्द्र नेपालले बताए ।

यस क्षेत्रको सबैभन्दा ठूलो टावरमा आगजनी भएपछि गुल्मी जिल्ला लगायत अर्घाखाची र धवलागिरी अञ्चलका केही जिल्लाका २० भन्दा बढी टावरहरु अवरुद्ध भएको एनसेलको क्षेत्रीय कार्यलय बुटवलले जनाएको छ ।

भौतिक सम्पत्तिमाीि आगजनी गर्नेहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

 

प्रतिक्रिया