शनिबार, कार्तिक १५ २०७७
काठमाडौं ०८:०७
वासिङटन डिसी 22:22

अभिनेत्री प्रियंका कार्कीको प्रस्तुति लस एन्जेलसमा हुने

इनेप्लिज २०७३ जेठ २९ गते २३:४८ मा प्रकाशित

priyanka karki

वाशिंगटन डिसी ,नेपाली चलचित्रकि अभिनेत्री प्रियंका कार्की अमेरिकाको क्यालिफोर्निया राज्यको प्रख्यात शहर लास एन्जेलसमा आउने भएकी छिन् l नायिका कार्की आगामी जुलाई २- ४ सम्म हुन् गइ रहेको प्रथम नेपलीज अमेरिकन कन्भेन्सनमा सहभागी हुन् आउने निधो भएको जानकारी सांस्कृतिक कार्यक्रम संयोजक प्याट्रिक सुबेदीले दिएका छन् l

नेपलीज अमेरिकन सम्मेलनको लागि नायिका प्रियंका कार्की जुन महिनाको अन्त्यमा आउने भएकी छिन् l प्रियंकाले उक्त सम्मेलनमा तीन दिनै कार्यक्रमहरुमा सहभागिता जनाउने छिन् l कार्यक्रम प्रस्तोता ,भेषभूषा प्रदर्शनमा मुख्य आकर्षणको रुपमा बिशेष प्रस्तुति तथा सांस्कृतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुति गर्ने छिन् l यसको अतिरिक्त उन्ले भेषभूषा कार्यक्रममा छनौट भएका ९ जना उत्कृष्ट सहभागीहरुलाई समेत बिशेष सहयोग तथा तालिम दिने छिन् l

priyanka karki 1फेशन सो (भेषभूषा )प्रदर्शनमा अन्तिम चरणमा पुग्ने सहभागीहरुमा अनुषा कार्की ,रिमा कटवाल ,सब्बु घले ,लक्ष्मी ढकाल, निशा शिवाकोटी ,आरती महर्जन ,रुबी अधिकारी ,रविना बस्नेत तथा सम्पदा रिजाल रहेका छन् l उक्त फेसन प्रदर्शन जुलाई ३ तारिखमा हुने भएको छ भने उक्त सहभागीहरुलाई छनौट गर्ने निर्णायकहरुमा गायिका नलिना चित्रकार ,भेषभुषा रुपकार(फेसन डि जाइनर ) बिना घले तथा विश्व गौतम रहेका थिए l

नेपलीज अमेरिकन सम्मेलनमा खेलकुद ,मनोरंजन ,बिबिध मंच ,गोष्ठी ,व्यापार प्रदर्शन ,बालबालिका प्रतिभा प्रतियोगिता ,सांस्कृतिक कार्यक्रम समेत रहने जानकारी बजारीकरण समेत हेर्ने प्याट्रिक सुबेदीले बताए l

nac

nepalese american convention 2 nepalese american convention 1

प्रतिक्रिया