अन्तर्राष्ट्रिय नेपाली समाज(नया शक्ति कतार )को दोहा क्षेत्रीय भेला सम्पन्न!

इनेप्लिज २०७३ जेठ २९ गते २१:१६ मा प्रकाशित

13417409_1075085685904149_5760437036188743373_n

डा. बाबुराम भट्राई नेतृत्वको नयाँ शक्ति अभियानको उभार यतिवेला स्वदेश तथा विदेशमा देखिन थालेको छ । जेठ ३० गते पार्टी घोषणालाई केन्द्रमा राखेर देशव्यापी अभियान थालेको नयाँ शक्ति नेपालले विदेशमा पनि आफ्नो अभियानलाई शसक्त बनाउँदै लगेको छ ।यसै शिलसिलामा अन्तराष्ट्रिय नेपाली समाज कतार (नयासक्ति कतार) अन्तर्गत दोहा क्षेत्रले दोहा स्थित बिक्रम्पुर रेष्टुरेन्टको हलमा भव्यताका साथ २८ जेष्ठ २०७३ का दिन क्षेत्रीय भेला तथा संस्थापक सदस्यता बितरण कार्यक्रमलाई सम्पन्न गरेको छ!

13428514_550481468485542_8398738126172156164_n

डा. बाबुराम भट्टराई संयोजकत्व रहेको नयाँ शक्ति नेपालको भातृ सगंठन को रुपमा बैधानिक्ता पाएको अन्तरास्ट्रिय नेपाली समाजले विश्वका हरेक मुलुकमा जसरी नै, कतारमा पनि आफ्ना गतिबिधी लाई तिब्र पार्दै लगेको जनाएको छ । उक्त भेला’ नयासक्ति कतारका अन्तरिम परिसद सदस्य, हिमाल राज बिस्वकर्माको अध्यक्षतामा संचालन भएको थियो भने नयासक्ति नेपालका अन्तरिम केन्द्रिय परिसद सदस्य तथा कतारका संयोजक बि बि खराल -रोसन- को प्रमुख अतिथ्य तथा नयासक्ति कतारका उपसंयोजक लाल भट्ट , प्रवक्ता, ध्रुब क्षेत्री, सचिब राम संजेल, कोषा-अदक्ष्य देब बहादुर परिया, युवा संयोजक माहमुद कार्कि, दलित नेता बिजया सुन्दाश र सचिवालय सदस्य दुर्गा सुनार लगाएतको बिशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

13435498_1075103002569084_4621987333354212547_n

कार्यक्रम ,नयाँ शक्ति नेपाल -कतार साखाका अन्तरिम केन्द्रिय परिसद सदस्य श्री राजन तमाङ्ग को स्वागत मन्तब्य बाट शुरु भएको थियो भने, उक्त भेलाले श्री हिमाल राज बिस्वकर्मालाइ संयोजक र श्री राजन तमाङ्ग लाइ सर्बसम्मत उपसंयोजकमा चयन गरि अन्य पदाधिकारी पसी थप्ने गरि ४१ सदसिय क्षेत्रीय कमिटी निर्माण गरेको छ! उक्त्त कार्यक्रमका प्रमुख अतिथि तथा बक्ता बि बि. खराल (रोशन) ले बर्तमान प्रस्तिथिमा नया शक्तिलाई देखेर पुराना पार्टीका मित्रहरुलाइ हतोत्साहित नहुन र नया शक्ति कुनै पनि हालतमा सरकार ढलाउने र गिराउने सोचमा नभएको बताउदै हामीहरू सित नआतिन आग्रह गर्दै भन्नु भयो’ अब देशमा आर्थिक क्रान्तिको जरुरत भएको र यसलाई अब आत्मन्निर्भर्ता तिर लैजानु पर्ने बताउँदै सरकारले जनताको दैनिक समस्या र असन्तुष्ट पक्षको जायज माग लाई बार्ता द्वारा टुङ्ग्याउन र पुराना साथीहरू ले पनि ब्याज खाने काम भन्दा अब देशको विकासमा लामबद्ध हुन आग्रह गरेका थिए । साथै अर्का विशेष अतिथि सँगठन विभाग प्रमुख लाल भट्ट ले अहिले पार्टी घोषणा सँगै यो कतारको क्षेत्रीय भेला बाट पनि विदेशमा रहेका नेपाली श्रम जीवी युवाहरूको मोह नया शक्ति नेपाल र आर्थिक विकासमा रहेको भन्दै अब कतारमा पनि नया शक्ति कतार (अन्तरास्ट्रिय नेपाली समाज कतार) को सँगठन बिस्तार लाई लिएर प्रतिक्रिया बादिहरु र हिजोका सहयोद्दा साथीहरूलाइ ठुलो मानसिक तनाव नलिन आग्रह गर्दै, यहाका नेपाली श्रमजिबि बर्गको पक्षमा ओकालात नगरि मानव तस्कर र व्यापारीहरु संगको हिमचिमले गर्दानै कतारमा नेपालीहरु ठगिनु र पीडित हुनु परेको बताउँदै, आफुहरु कतारमा रहेका श्रमजिबि र गरिब मजदुरहरुको पक्ष्यमा काम गर्ने प्रतिबद्दता बेक्त गरे ।

13442052_1723966977819974_218296875_o

अर्का अतिथि प्रवक्ता धुर्ब क्षेत्री ले पार्टीको समसामयिक विषय नेपालमा हुन गैरहेको जेष्ठ ३० को पार्टी घोषणा सभालाइ हामीले गर्नु पर्ने सहयोग र कतारमा पार्टी बिस्तारको बारेमा जानकारी दिनुको साथै आगामी भावी योजनाको विषयमा बोल्नु भएको थियो! तेस्तै सचिब राम संजेल , दलित संजालका संयोजक कृष्ण परियार , सास्कृतिक बिभागका संयोजक छितिज किरण गैरे , युवा संयोजक माहमुद कार्कि, केन्द्रिय सदस्य होम उप्रेतीले आफ्नो शुभकामना मन्तब्य राख्नु भएको थियो! साथै उक्त कार्यक्रममा हालसम्म मावोबादी केन्द्रमा आबद्द तत्कालिन सरकारबाट पिडित सहिद परिवारका सदस्य टेक प्रसाद गोतामे (गोर्खा-हाल कतार ) क्षितिज किरण गैरे (कपिलवस्तु) लक्षण नहवाग पाण्डे (रुपन्देही) भुवन वर्देेवा (झापा) सुवास परिवार(….) धन बंहादुर रुचाल (पाल्पा) राजु प्यासी (दाङ) लाल बहादुर सुनार (बाग्लुङ) रमेश परियार ,शिव परियार, नरनदिप भुसाल, शुक्रराज सुन्दास, विजय परियार, चित्र ब. परियार, मणिलाल वि.क,सुवास सुन्दास, उमेस नेपाली, लिला ब.घिसिङ, दिप ब.घिसिङ, सुजन बराल,,झप्पट ब. थापा,दिल ब.पुलामी, चुर्न ब.चौधरी, राजु तमाङ,मोहित कुवर,मनिराम चौधरी,राजेस भुजेल,जबाहर लामा,भीम लामा ,सन्देस भट्टराई,देवी वाईवा,निराज बोलोन,प्रेम लामा ,बुद्धिमाया वाईवा,विष्णु लिम्वु ,प्रमिला मगर, निरकाजी तमाङ,सुनिता बुढाथोकी,राज बिबस्,सन्त बिश्वकर्मा, अनिल जिसी, राज लामा,भबिन बिश्वकर्मा,,बुद्धि परियार,मिलन रुचाल,,तुल बहादुर परियार, तबिता गजमेर, बिनिता केसी, लिना श्रेष्ठ, हाेम बहादुर बुढाथाेकी, कृष्ण बिसि, मीन म्याग्दी, लगाएत ले मावोबादी, काङ्ग्रेस र एमाले परित्याग गरि नयाँ शक्तिमा प्रबेश गर्नू भएको छ!

प्रतिक्रिया