आइतबार, कार्तिक ७ २०७८
काठमाडौं ०३:१९
वासिङटन डिसी 17:34

अहिलेकै सरकार सहमतीय सरकार बन्छ :नेता पण्डित

इनेप्लिज २०७३ जेठ २९ गते १४:२८ मा प्रकाशित

th (2)चितवन, २९ जेठ  नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवम् पूर्व मन्त्री लालबाबु पण्डितले यही सरकार सहमतिको सरकार बन्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) भरतपुर उपमहानगरपालिका वडा नम्बर २ को १२ औँ वडा अधिवेशनको आज यहाँ उद्घाटन गर्दै पण्डितले संविधान कार्यान्वयनका लागि सहमतीय सरकार उपयुक्त हुने भन्दै त्यसका लागि सरकार बाहिर रहेका दलहरूलाई ओली नेतृत्वको सरकारलाई साथ दिन पनि आग्रह गर्नुभयो ।

भर्खरै जन्मिएको संविधानलाई परिस्कृत गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै संविधान च्यात्न खोज्नेहरूको सपना उडेर गएको बताउनुभयो ।

 

प्रतिक्रिया