शनिबार, असोज ३० २०७८
काठमाडौं ०७:४२
वासिङटन डिसी 21:57

युरोकप आजबाट, पहिलो म्याचमा फ्रान्स र रोमानिया भिड्ने

इनेप्लिज २०७३ जेठ २८ गते ६:४५ मा प्रकाशित

1465521365Euroजेठ २८ । युरोपियन फुटबलको सर्वाधिक ठूलो प्रतियोगिता युरोकप फुटबलको १५ औं संस्करण आजबाट फ्रान्समा सुरु हुँदैछ ।

मिनी विश्वकपको रुपमा लिइने यो प्रतियोगिताको उद्घाटन खेलमा आज राति पौने एक बजे आयोजक फ्रान्सले रोमानियाको सामना गर्नेछ ।

यसपटकदेखि प्रतियोगितामा २४ टोलीलाई समावेश गरिएको छ । फ्रान्सका विभिन्न १० शहरमा हुने प्रतियोगितामा सहभागि राष्ट्रलाई ६ समुहमा विभाजन गरिएको छ ।

समुह ए मा आयोजक फ्रान्ससँगै रोमानिया, अल्बानिया र स्विट्जरल्याण्ड रहेका छन् । यसैगरी समुह बी मा इङ्ल्यान्ड, रुस, वेल्स र स्लोभाकिया रहेका छन् भने समुह सी मा जर्मनी युक्रेन, पोल्याण्ड र नर्दन आयरल्याण्ड छन् । यस्तै समुह डी मा स्पेन, चेक गणतन्त्र, टर्की र क्रोएसिया रहेका छन् भने समुह ई मा बेल्जियम, ईटाली, आयरल्याण्ड र स्विडेन छन् । समुह एफ मा पोर्चुगल, आईसल्याण्ड, अष्ट्रिया र हंगेरी रहेका छन् ।

प्रत्येक समुहका विजेता र उपविजेतासँगै तेस्रो स्थानमा रहने ६ टोलीमध्येबाट उत्कृष्ट चार टोली प्रि क्वाटरफाईनलमा पुग्नेछन् ।

 

प्रतिक्रिया