मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०५:२८
वासिङटन डिसी 19:43

डोटीमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरिने

इनेप्लिज २०७३ जेठ २७ गते ४:३८ मा प्रकाशित

vallyballडोटी, २७ जेठ । नेपाल भलिबल संघले डोटीमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

गएको बैशाख ११ गते चयन भएको भलिबल संघको १३ सदस्यीय नयाँ कार्यसमितिले बुधबार पहिलो पटक आयोजना गरेको पत्रकार सम्मेलनमासो कुराको जानकारी दिएको हो ।

वि.सं.२०५६ मा डोटीमा स्थापित भलिबल संघले पहिलो पटक यस्तो योजना अगाडी सारेको संघका अध्यक्ष दिपक बोगटीले जानकारी दिए ।

समग्र खेलकुद र भलिबल खेलको विकासका लागि राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने आफुहरुले अठोट गरेको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका भलिबल संघका उपाध्यक्ष नरेन्द्र खड्काले बताए ।

विशेष गरी डोटीसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा लोप हुने अवस्थामा पुगेको भलिबल खेललाई अगाडी बढाउन नेपाल भलिबल संघले २०७३ सालभरि गरिने अन्य कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ ।

जस अन्तरगत भलिबल संघमा आवद्ध हुन चाहने खेलाडीहरुलाई सदस्यता विरतण गर्ने, विभिन्न क्षेत्रहरुमा भलिबल प्रतियोगिता सञ्चालन, डोटी जिल्लाका ५० वटै गाविस र नगरपालीकामा रहेका हरेक उच्च माध्यमिक विद्यालयमा भलिबल तथा नेट वितरण गर्ने, जिल्ला स्तरीय भलिबल प्रतियोगिता गर्ने, डोटी क्याम्पसमा रहेको खेलमैदान र राजपुरमा रहेको भलिबल खेल मैदानको स्तरउन्नती गर्ने कार्यक्रम रहेका छन् ।

जिल्लालाई भलिबलमय बनाउन भलिबल प्रशिक्षण केन्द्र तयार गर्ने, भलिबलका खेलाडीहरुलाई प्रशिक्षण दिई दक्ष खेलाडी उत्पादन गर्ने लगाएतका योजना भलिबल संघले सार्वजनिक गरेको छ ।

त्यस्तै डोटीका पूर्व खेलाडी स्वर्गीय कृष्णप्रसाद श्रेष्ठको नाममा रु. ६१ हजार राशीको के.पी.स्मृति भलिबल अक्षय कोषको स्थापना गरिसकेको भलिबल संघ डोटीका महासचिव राजबहादुर खड्काले जानकारी दिए ।

भलिबल खेलसँगै अन्य सम्पूर्ण खेल क्षेत्रको विकासका लागि सबै सरोकारवालाहरुले भूमिका खेलिदिन नेपाल भलिबल संघ डोटीका कार्यसमिति सदस्य मुकुन्द रानाले सबैमा आग्रह गरे ।

– See more at: http://www.dainiknepal.com/2016/158323.html#sthash.EVRgl5W5.dpuf

प्रतिक्रिया