मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १२:१६
वासिङटन डिसी 02:31

खुलामञ्चमा रिले अनशन तेस्रो दिनमा प्रवेश

इनेप्लिज २०७३ जेठ २७ गते ४:२८ मा प्रकाशित

Rile-ansan-morcha-650x366काठमाडौं, २७ जेठ । संविधान पुनर्लेखनको माग राखेर आन्दोलन गरिरहेको संघीय गठबन्धनले आज तेस्रो दिन पनि काठमाडौंको खुलामञ्चमा रिले अनशन जारी राखेको छ ।

बिहान सात बजेदेखि सुरू भएको आजको रिले अनशनको नेतृत्व नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले गर्नुभएको छ । धर्नामा संघीय समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झा सहित करीव ३० जनाको अनशनमा उपस्थिति रहेको छ ।

रामसपाका प्रवक्ता केशव झाले तेस्रो दिनको अनशनमा पनि उत्साहका साथ नेता तथा कार्यकर्ताले उपस्थिति जनाएको बताउनुभयो । ‘तेस्रो दिनको रिले अनशनमा नेता तथा कार्यकर्ताले उत्साह देखाएका छन्’, उहाँले भन्नुभयो, ‘संघीय गठबन्धनको माग पूरा नहुँदासम्म हामी आन्दोलनमा छौँ ।’

जेठ २५ गतेदेखि सुरू भएको संघीय गठबन्धनको रिले अनशन असार मसान्तसम्म चल्नेछ । रिले अनशनभरि वुद्धिजीवी, समाजसेवी आदिलाई बोलाएर ऐक्यवद्धता गर्न लगाइनेछ ।

यसैबीच, आजको रिले अनशनमा ऐक्यवद्धता जनाउन नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई खुलामञ्च जाने कार्यक्रम रहेको छ । संयोजक भट्टराई साढे दुई बजेपछि मात्रै खुलामञ्च जाने बताइएको छ ।

– See more at: http://www.dainiknepal.com/2016/158329.html#sthash.Buhe0ryS.dpuf

प्रतिक्रिया