शनिबार, कार्तिक १५ २०७७
काठमाडौं ०१:३१
वासिङटन डिसी 15:46

धमाधम पक्राउ पर्दै ‘विप्लव’ माओवादीका कार्यकर्ता, कारबाहीमा उत्रियो प्रहरी

इनेप्लिज २०७३ जेठ २७ गते ४:०१ मा प्रकाशित

Nepal-Banda-Pakrauकाठमाडौं, २७ जेठ । सवारी साधनमा आगजनी, तोडफोड र आवागमन अवरोध गराउँदै हिँडेका ‘विप्लव’ माओवादीका झण्डै दुई दर्जन कार्यकर्तालाई प्रहरीले राजधानीबाट गिरफ्तार गरेको छ ।

जबरजस्ती बन्द गराउन हिँडेका माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । तिनकुने, महाराजगंन्ज, नेपालटार, चाबहिल, गोङ्गवु, भक्तपुर, नागढुङ्गालगायतका स्थानमा ‘विप्लव’ माओवादीका कार्यकर्ताले दर्जन बढी सवारी साधनमा तोडफोडका साथै आगजनी गरेको जनाएका छन् ।

नागढुङ्गामा ना ५ ख ७० ४१ नम्बरको माइक्रो बसमा पनि ‘विप्लव’ माओवादीका कार्यकर्ताले तोडफोड गरेका छन् । नयाँ बसपार्क नजिकै पनि एउटा माइक्रो बसमा तोडफोड भएको छ । त्यस क्रममा माओवादी कार्यकर्ताले आगजनीको प्रयास गरेका छन् ।

प्रहरीले कंलकीबाट ट्रेड युनियन महासंघका अध्यक्ष योगेद्र कुमाल, बिष्णु अधिकारी, रविन खत्री लगायत छ जना नेता तथा कर्यकर्ता पक्राउ गरेको छ । बालाजुमा मीनबहादुर चलाउने, सुमन अधिकारी, चन्द्र बुढा, रजमान तामाङपनि पक्राउ परेका छन् । ग्वार्कोबाट जम्बो शेर्पासहित तीन जना पक्राउ परेका छन् ।

रत्नपार्कबाट जनगणतान्त्रिक मञ्चका अध्यक्ष राजु कार्कीसहित दर्जन कार्यकर्ता पक्राउ परेको माओवादीले जनाएको छ । भक्तपुरका जनपरिषद प्रमुख कृष्णराम खड्का, सविन पुलामी मगरसहित ३ जना पक्राउ परेका छन् ।

‘विप्लव’ माओवादीको नेपाल बन्दलाई ध्यानमा राखेर सरकारले मुलुकभरि उच्च सुरक्षासर्तकता अपनाएको जनाएको छ । गृह मन्त्रालयले मुलुकको शान्ति सुरक्षा मजबुत बनाएको जनाउँदै अवाञ्छित क्रियाकलाप गर्नेलाई कारबाही गर्ने चेतावनी दिइसकेको छ ।

 

प्रतिक्रिया