हाम्रो सरकार र नेताहरुले किन चिनदैन्न प्रवासीहरु लाई ???”””””

इनेप्लिज २०७३ जेठ २६ गते ६:५४ मा प्रकाशित

BeautyPlus_20160403210242_save

नेपालका ठालुहरुले २१औ सताब्दी सम्म  पुग्दा सम्म  नत देश लाई नया दिशा यानी बिकास गर्न सके नत प्रवास मा रहेका नेपालीहरु को लागी हकहित का लागी काम गर्न सक्यो  ।प्रवासीहरु त यता पनि मरे  उता पनि मरे  न घर को नघाट को भनेझै !

आफ्नो बिभिन्न दु:ख सुख सहेर प्रवासमा आएर आफ्नो परिवारीक समस्या पूर्तिको   लागी परिश्रमलाई सातसमद्र पारी छिरेर आफ्नो मेहनत  लगन काम गरे बापत सुरछियाका को लागि नेपाल सरकार संबेदनसिल देखीदैन??

वल्लॊ पल्लो घर आएझै नेताहरु बिदेश भ्रमण गर्छन त्यो देशमा रहेका नेपालीहरु को अवस्था बारे जान्न चाहदैन बरु तेस्को सट्टा एउटा मान्छेलाई नेता बनाएर बिभिन्न भ्रम फैलाएर चन्दा उठाउने गर्छन ।आफ्नो नेपालीहरु अर्काको भुमीमा आफ्नो ज्यान को बाज्जी राखेर देश को नाम को श्रिपेच उठाएर  रात दिन दिन मेहनत गर्छन किन हाम्रो देश को नेता पार्टी संविधानले किन नेपाली संविधान  भित्र अटाएन ????
के हामीहरु सौतेला हुर ???

सबै दलहरु क्रान्तिकारी र लोकतान्त्रिक भन्दा पनि प्रगतिशील र बिकासवादी हुनुपर्यो प्रवासीहरुको लागी पनि संविधानमा अटाउनु पर्यो! जनताले महसुस गर्ने गरि सुशासन कायम गरि, रास्ट्रीय गौरवका प्रवासी नेपालीहरुको हक हित को लागी खाली ठाउ छोडनु पर्यो यो नया संविधानमा !आफ्नै प्रवासी गरीब जनता लाई र देशै बेच्ने लोकतन्त्र र सारा बिकास ठप्प पार्ने क्रान्ति चाहिएको छैन  हो!!

देशमा आपतविपत आएको बेलामा प्रवासी नेपाली नै सबभन्दा पहीले अगाडी सहयोग को हात बढाउछ भने अहिले आएर किन प्रवासी को नाम र अक्षेर नै नभेटाउने यो नँया आपत संविधान भित्र र देशको कानुन भित्र र के हामीले पसीना रगत बगाएर दिएको सहयोग बिष होर ए हामी नेपाली नागरीक होईन ??” फेरी प्रवासी नेपालीले हक हितको लागी जनयुद्ध  गर्नु पर्ने होर ???

नेपालाका भष्टचारी नेताहरु पार्टीलाई गाई भैसी रागा बोकाहरु आत्महत्या गरेर मर यदि  प्रवासी नेपालीहरुको लागी काम गर्न सकिदैन भने ???

मदेशीहरु लाई बार्तामा आउ भन्छौ कुरा मिलाउछौ आउनु तपाईहरु भने १० बर्ष नेपाली नागरीक पाएकोलाई जस्को बुबा बाजेले यो देशलाई अर्जेको छ किन हाम्रो माग पुरा हुदैन  ??? याद गर्नुहोस नेपाल सरकार अहिले  नेपाल जीवित   छ प्रवासीहरु को कारणले ओली जी लाई मेरो आह्वान  जब सम्म प्रवासी नेपालीहरुको लागी काम गर्न सक्दैन तब सम्म  नेपाल को बिकास बादक बनिरहनेछ ।।

यदि देशको बिकास गर्नु छ भने प्रवासीहरु को लागी पनि छुट्टै कोटा हुन्नुपर्छ किन कि आफ्नो ।हकहित अधीकार को लागी लडनसकोस ।। नेपाल नेपालीको गौरव को पाना बिदेशमा चिनाई  सकेको छ भने किन हाम्रो सरकार र नेताहरुले किन चिन्दैनन्  प्रवासीहरु लाई ???”””””

जय प्रवासी नेपाली दाजुभाई दिदीबैनी

जय नेपाल
दीपेन्द्र चन्द ठकुरी
दक्षिण भारत बेङ्गलोर
घर बैतडी लिस्किटा कटनोली सतबाझँचौराह

प्रतिक्रिया