स्विटजरल्याण्डमा बिगत केहि समय देखि चलेको विभिन्न बिषयमा लिइएको जनमत संग्रहको नतिजा हिजो आइतबार सार्बजनिक गरिएको छ |
जुन ५ आइतवारका दिन प्रकासित विभिन्न बिषयको नतिजा यस प्रकार रहेको छ |
सर्भिस पब्लिक इनिसिएटिभ् (सामाजिक सेबा) नाम दिइएको उक्त भोटिंगको बिपक्षमा ६७.६० प्रतिसत मत र उक्त प्रस्ताबको पक्षमा हुन्छ भन्नेमा ३२.४० प्रतिसत मत प्राप्त भएको छ भने जनताद्वारा उक्त प्रस्ताबलाइ अस्विकार गरिएको छ | उक्त प्रस्ताबमा स्विसका सबै प्रदेशका बासिन्दाले स्पस्ट रुपमा नाइँ भन्ने पक्षमा मतदान गरेका छन् |
शरणार्थी सम्बन्धि बिधेयक
स्विसको एक प्रमुख पार्टी स्विस जनता पार्टी (एसफाउपे-SVP) ले प्रस्ताब गरेको शरणार्थी सम्बन्धि नयां बिधेयकको पक्षमा स्विस जनताले मतदान गरेका छन् | शरणार्थीको मुद्दालाइ छिटो र द्रुत मार्गबाट समाधान गरि निष्कर्समा पुर्याउनु पर्छ भनि उक्त पार्टीद्वारा प्रस्ताब गरिएको बिधेयकलाइ ६६.७८ प्रतिसत जनताले हुन्छ ( ja) भनि मतदान गरेका छन् भने उक्त प्रस्ताबको विपक्षमा हुदैन (Nein)मा ३२.२२ प्रतिसत मत खसेको थियो | यो परिणाम पछि अब स्विसको शरणार्थी नियमहरुमा केहि प्रमुख परिबर्तनहरु गरिने छन् भने नयां आउने शरणार्थीहरुको लागि ति नियमहरुले अझै अप्ठ्यारो अबस्था उत्पन्न गराउने छ | शरणार्थीको मुद्दालाइ छिटो र द्रुत मार्गबाट समाधान गर्न लाग्ने वकिल लगाएत सम्बन्धित मुद्दा खर्च निशुल्क रुपमा गरिने भएको छ |
मिल्खकु बिधेयक
मिल्खकु मार्सेन इनिसियटिभ नाम दिइएको यो बिधेयक पनि स्विस जनताले अस्विकार गरेका छन् | उक्त बिधेयकमा स्विस भित्र सडक संजाललाइ बिस्तार गर्न र द्रुत रुपमा काम सम्पन्न गर्न संघिय सरकारको खाताबाट सिधै १.४ मिलियार्ड स्विस फ्रान्क बिनियोजन गर्ने भन्ने प्रस्ताब गरिएको थियो | उक्त प्रस्ताबलाइ स्विस जनताले भारि रुपमा अस्विकार गरेका छन् | यस बिधेयकको बिपक्षमा ७०.७८ प्रतिसत मत खसेको थियो |
न्युनतम तलब २५०० सम्बन्धमा
स्विस सरकार ले आफ्ना हरेक नागरिक लाइ मासिक २५०० स्विस फ्रान्क तलब उपलब्ध गराउनु पर्ने गरि प्रस्ताब गरिएको बिधेयक माथि पनि यसै साता मतदान सम्पन भएको थियो | लामो समय देखि चलेको गरम बहसले अन्तररास्ट्रीय स्तर समेत चर्चा बटुलेको थियो | उक्त बिधेयकलाइ स्विस जनतासमक्ष अन्तिम मतदानको लागि पेश गरिएकोमा स्विस जनताहरु उक्त बिधेयकलाइ पनि अस्विकार गरिदिएका छन् | उक्त बिधेयकको विपक्षमा ७६.९३ प्रतिसतले र पक्षमा २३.०७ प्रतिसतले मतदान गरेका छन् |
एम्ब्रोनेन टेस्टको पक्षमा मतदान अब स्विसमा पनि परी बेबी टेस्ट सम्भब
एम्ब्रोनेन टेस्ट नाम दिइएको उक्त बिधेयकलाइ स्विस जनताले स्वीकार गरेका छन् | उक्त बिधेयक पास भएपछि स्विस दम्पतीले बच्चा जन्माउनु भन्दा अगाडी प्रि टेस्ट गर्न पाउने छन् | यस बिधेयकले औषधिको नियम कानुनमा पनि केहि परिबर्तन गराउने बताइएको छ | बच्चा जन्माउनु भन्दा अगाडी प्रि टेस्टद्वारा बच्चा स्वस्थ छ या छैन जानकारी पाउन सकिन्छ |
प्रतिक्रिया