अग्निपीडितका लागि रु डेढ करोड सङ्कलन

इनेप्लिज २०७३ जेठ २५ गते ८:२० मा प्रकाशित

गुल्मी, २५ जेठ । गुल्मी जिल्लाको बडागाउँ गाविसका अग्निपीडितका लागि राहतस्वरुप नगद आर्थिक सहयोग थपिँदै गएकोे छ ।
गाविसका वडा नं १ र २ का अग्निपीडितका लागि स्वदेश तथा विदेशका विभिन्न व्यक्ति, सङ्घसंस्था, गाविस, विद्यालय, आमा समूह, क्लव व्यापारीलगायतबाट गरी हालसम्म रु एक करोड ४६ लाख ७५ हजार चार सय ८८ सहयोग प्राप्त भएको गाविस सचिव यमकान्त्त पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया