विराटनगरमा टेलिफोन लाइन अवरुद्ध

इनेप्लिज २०७३ जेठ २५ गते ८:०४ मा प्रकाशित

विराटनगर, २५ जेठ । एक्स्काभेटरको लापर्बाहीका कारण विराटनगरको मुख्य बजार क्षेत्रका सयौँ टेलिफोन लाइन गएरातिदेखि अवरुद्ध भएका छन् ।

सडक विस्तारका लागि एक्स्काभेटरले शनी मन्दिरनजिक माटो खन्दा टेलिकमको भूमिगत केबुलको तार काटिएपछि सतही टेलिफोन अवरुद्ध भएको हो ।

यस सम्बन्धमा टेलिकमका मर्मत शाखा प्रमुख शम्भुप्रसाद चौधरीले सम्बन्धित पक्षलाई भूमिगत केबुल रहेको सम्बन्धमा जानकारी गराएपनि गएराति एक्स्काभेटरले माटो खन्ने क्रममा केबुलको तारमा क्षति भएको जानकारी गराउनुभयो ।

पूर्ववत् अवस्थामा टेलिफोन सेवालाई सञ्चालन गर्न कम्तीमा तीनदिन लाग्ने उहाँले बताउनुभयो ।

सो कारणले राससलगायत कतिपय टेलिफोन उपभोक्ताको सेवामा बाधा पुगेको भएको छ ।

प्रतिक्रिया