‘फाइर अन द र्याम्प’मा अभिनेत्री अनु र बेनिसा

इनेप्लिज २०७३ जेठ २५ गते २:३५ मा प्रकाशित

Ambar-Gurung-523x330-3

काठमाडौ । अभिनेत्री अनु शाह ,बेनिसा हमाल लगायत थुप्रै सेलिब्रेटी एकसाथ र्याम्पमा उत्रिने भएका छन् । फाइर डिस्को लन्च ठमेलले आगामी शनिबार (२९ गते) एकसाथ अभिनेत्रीहरु र्याम्पमा उतार्ने तयारी गरेको हो । ‘फाइर अन द र्याम्प’ नामक दिइएको फेसन सोको कोरियोग्राफर नेपाल मोडलिङ संघका अध्यक्ष समेत रहेका दिनेश शाहि रहेका छन् । शाहीका अनुसार कार्यक्रममा अनु र बेनिसाका अलवा अन्तराष्ट्रिय मोडल दिपक घिमिरे, मिष्टर नेपाल सदिप पोखरेल, गणेश अग्रवाल पनि र्याम्प नाप्नेछन् ।

फेसन सोमा १२ केटा र १६ केटी व्यवसायिक मोडलहरुले पनि क्याटवाक गर्दैछन् । सोमा वडी विल्डिङ, युनिक ड्रेस, क्याजुवल ड्रेसलगायत ६ सिक्वेलमा फेसन प्रर्दशन गरिनेछ । कार्यक्रममा चर्चित गायक धिरज राई, कमल खत्री, ,रबिन दर्शन शाही र गायिका रमिता भण्डारी ,बुनु राईलगायतको जोडदार संगीतिक प्रस्तुति समेत राखिएको छ । इमेज च्यानलकी चर्चित भिजे संध्य केसीको होष्ट रहने कार्यक्रममा पुराना अभिनेता सरोज खनाल लगायत थुप्रै कलाकारको उपस्थिती रहनेछ । समिर शाह, दावा तामाङ, राजु दर्नइको संयोजन रहेको कार्यक्रम फाइर डिष्कोले हालै लन्चबार ब्याबस्थापन गरेको उपलक्ष्यमा आयोजना गर्न लागेको हो । साँझ ६ बजेदेखि सुरु हुने यो फेसन शो महिनाको एकपटक आयआयोजकले जनाएको छ ।

प्रतिक्रिया