दाइँजो प्रथा र बालविवाह रोक्न तीन गाउँमा जागरण अभियान

इनेप्लिज २०७३ जेठ २४ गते ८:११ मा प्रकाशित

Orientation on anti-dowry system and child marriage at Binagra Tole of Bariyarpur VDC, Rautahat

मधेसी समाजको समुदायमा निकै ठूला समस्याका रुपमा रहेका दाइँजो प्रथा र बालविवाहलाई रोक्न रौतहटको तीन गाउँमा जागरण अभियान सञ्चालन गरिएको छ । दाइँजो र बाल विवाहको कारणले वर्षेनी हुने हत्या र हिंसाका कारण बालबालिका र महिलाहरुको अधिकारको सवाल सबैभन्दा गम्भीर चुनौतीको रुपमा रहेको अवस्थालाई मध्यनजर गर्दै बालविवाह र दाइँजो समस्यालाई रोक्न सामुदायमा व्यापक जनचेतना फैल्याउने उदेश्यका साथ सामुदायिक बाल संरक्षण निगरानी समुहहरुमार्फत गाउँ जागरण कार्यक्रम सञ्चालन भएको छ ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र महिला सुरक्षा दवाव समुह रौतहटको आयोजना र जिल्ला महिला तथा बालबालिका कार्यालयको समन्वयमा गाविस स्तरिय बाल संरक्षण निगरानी समुहहरुको आयोजनामा गाविस दिपही, प्रेमपुर गोनाही र बरियारपुरमा बाल संरक्षणका लागि बालविवाह न्युनीकरण विषयक गाउँ जागरण कार्यक्रम अभियान सञ्चालन भएको हो ।

index

कार्यक्रमले बिद्यमान लैङ्गिक विभेद, दाइँजो प्रथा, रुढिवादी विचारका कारण रौतहटका दलित, मुस्लिम, अतिविपन्न, पिछडावर्ग र जनजाति समुदायमा सानै उमेरमा विवाह गरिदिने व्याप्त प्रचलनलाई घटाउँदै बाल संरक्षणमा महत्वपूर्ण सहयोग पु¥याउने मुलभूत उदेश्य रहेको छ ।

दाइँजो प्रथा र बालविवाह समस्या रोक्नका लागि सरोकारवाला सबै निकाय र क्षेत्रको साथै समुदायको अहमं भूमिका हुने र यसमा प्लान इन्टरनेशनल लगायतका संस्थाहरुको सहयोग महत्वपूर्ण रहेको कुरा जिल्ला महिला तथा बालबालिका कार्यालय, रौतहट गौरकी प्रमुख शुशिला चौधरी बताउनु भएको छ ।
कार्यक्रममा लक्षित समुह दलित, मुस्लिम, पिछडावर्ग, जनजाति र अपाङ्गता समुहका गरी २४३ जना महिला, पुरुष, किशोरकिशोरी र बालबालिकाहरुको सहभागिता रहेको मानवअधिकारकर्मी टीका घिमिरेले बताएका छन् ।

सञ्जय मित्र, रौतहट

प्रतिक्रिया