शनिबार, असोज ३० २०७८
काठमाडौं ०७:२८
वासिङटन डिसी 21:43

एक्लै ३० तालिवानी लडाकु सिध्याउने यी गोर्खाली, जसले बेलायती महारानीबाट पाए सम्मान

इनेप्लिज २०७३ जेठ २२ गते ६:४८ मा प्रकाशित

salman-amir-555x335

काठमाडौं, २२ जेठ । गोर्खालीहरुलाई नेपालको मात्र सेना भन्नु उनीहरुलाई कम आँकलन गर्नु हो । नेपालमा आज पनि हमला गर्ने हिम्मत कसैले गर्न सक्दैंन् किनभने यसको एउटै कारण – नेपालका गोर्खाहरुको नै हो ।

उनीहरु निडर तथा शुरवीर हुन्छन् । जो केवल नेपाली सेनामा मात्र नभई ब्रिटिस तथा भारतीय सेनामा पनि सदैव मर्न तथा मार्न तत्पर रहन्छन् । आजबाट होइन् सन् १८१६ को एग्लो नेपाली युद्धको अन्तिम समयदेखि यो परम्परा चल्दैं आइरहेको छ ।

दुर्गम ठाउँ तथा अति संवेदनशील अवस्थामा पनि नेपाली सेनाले असाधारण बहादुरी, क्षमता तथा नायकत्व उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । आफ्नो यस्तै परम्परामा विश्वास राख्ने एक गोर्खा सैनिक दीपप्रसाद पुनले अफगानिस्तानमा एक्लैले ३० जना तालिवानी लडाकूलाई माथ ख्वाइदिएका छन् ।

लेखक

लेखक

अफगानिस्तानको हेल्मड प्रान्तमा सन् २०१० को सेप्टेम्बरमा एक साँझ थियो । रोयल गोर्खा राइफल्सका हवल्दार दीपप्रसाद पुन दोमजिली चौकीमा तैनाथ थिए । त्यही बेला उनलाई केही हलचलको महसुस भयो । उनले यसो नियालेर हेर्दा बिद्रोहीहरुले सडकमा एम्बुस राख्ने कोशिस गरिरहेको देखे ।

उनले थाहा पाइसकेका थिए कि उनी चार दिशाबाट नै घेरिएका थिए । तर, उनले हार मानेनन् । त्यसरात त्यहाँ गोली तथा रकेट प्रोपेल्ड ग्रिनेड (आरपीजी) पडकिन थालिसकेको थियो । पुन तैनाथ रहेको चौकीलाई पूर्ण रुपमा ध्वस्त पार्न तालिवानी लडाकूहरुले यो हमला गरेका थिए ।

यसका बाबजुद पनि पुन डराएनन् । पूर्ण हिम्मतका साथ उनले आफ्नो मेसिनगन उठाए, ट्राइपड लगाए र धुँवादार गोली हानिरहे ।

पुनले तालिवानीहरुलाई श्वास लिने फुर्सद पनि दिएनन् । पहिलो १७ ग्रिनेडबाट पुनले हमला गरे । जब ग्रिनेड सकियो एसए ८० सर्विस राइफल उठाइ तालिवानीमाथि दनादन गोली हान्न थाले । यस पश्चात तालिवानी लडाकुहरु ल्याण्डमाइन फाल्न समेत डराए ।

Gorkha-gorkha

घटनालाई सम्झदैं पुनले भने, ‘एउटा तालिवानी लडाकु गार्ड हाउसबाट सटे टावर चढ्ने कोशिश गरिरहेको थियो, तब मलाई जसरी पनि त्यसलाई जमिनमा गिराउनु थियो । मैले त्यस लडाकुलाई त्यहाँबाट हटाउन सफल भए । तर, त्यसै बखत मेरो हतियारले मलाई धोका दियो । गोली नै चलेन । मैले मेसिनगनको ट्राइपड उठाए र तालिवानीहरुको अनुहारमा ताक्दैं हाने । जसका कारण दुश्मन लडाकु जमिनमा ढले ।’

पुनले ती लडाकुहरुसँग तबसम्म लडे जबसम्म थप सेना उनको मद्धतका लागि चौकी पुगेका थिएनन् । जब एक थप सेना घटनास्थलमा पुगे पुनले ३० जना तालिवानी लडाकु मारिसकेका थिए । आज उनी त्यस दिनका शब्दलहरु सुनाइरहेका छन् । उनका आँखाले आधाभन्दा धेरै त कथाको तस्विर ब्यस्त गर्छन् ।

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाले पुनको यो बहादुरीका लागि बकिंघम प्यालेसमा एक कार्यक्रममाझ उनलाई ‘कन्सपिक्युअस ग्यालेन्ट्री क्रस’ पुरस्कारबाट सम्मानित गरिन् ।

Dip-Prasad-Pun_Gorkha-with-father

समारोहमा उपस्थित हस्तीहरुलाई पुनले भने, ‘त्यस बखत म निराश थिइन । किनभने म सँग एउटै विकल्प मात्र थियो । त्यो म लड्नै पर्ने थियो । तालिवानीहरुले चेकप्वाइन्टलाई चौतर्फी घेरा हालेका थिए । र, म एक्लो थिए । जसरी उनीहरुले मलाई घेरा हालेका थिए, मैले ठानिसकेको थिए म मारिनु निश्चित छ । त्यसपछि सोचे जति धेरै लडाकुहरु मार्न सक्छु, मारेरै मर्छु ।

पछि गन्ने क्रममा मात्र थाहा भयो कि पुनले त्यस क्रममा २५० मेसिनगन र १८० एसएम ८० राउण्ड फायर गरेका रहेछन् । ६ वटा फास्फोरस ग्रिनेड र ६ वटा नर्मल ग्रिनेड तथा एउटा क्लेमोर माइन पनि उनले पडकाएका थिए ।

उनको परिवारको इतिहास हेर्ने हो भनेपनि गोर्खा रेजिमेण्टका लागि सेवा दिदैं आइरहेको छ । पुनका पिता पनि गोर्खा राइफल्समा सेवा दिइसकेका छन् । उनका हजुरबुवाले दोस्रो विश्वयुद्धमा वर्मा थिएटरमा आफ्नो बहादुरी देखाएका थिए, जसका लागि उनलाई ‘भिक्टोरिया क्रस’बाट सम्मानित गरिएको थियो ।

(इण्डिया संवादका लागि सुष्माश्रीको आलेखको भावानुवाद)

प्रतिक्रिया